- संगालोखबर सम्वाददाता
फाईल तस्वीर

धनकुटा । दीपावली गर्ने क्रममा आईतबार राती १ नम्बर प्रदेशका मोरङ, ताप्लेजुङ र सोलुखुम्बुका चार घरमा आगलागी भएको छ । आगोमा जलेर एक बालकको मृत्यु हुँनुका साथै ४७ लाख मुल्य बराबरको धनमाल क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–५ कोठेबारीका युवराज गिरीको घरमा आगलागी हुँदा जलेर उनका ४ बर्षीय छोरा युसन गिरीको मृत्यु भएको हो ।दिपावली गर्दा बालेको दियोबाट राती करिव साँढे १० बजे आगो सल्किँएर घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आगलागीबाट ३ तोला सुन र ३ तोला चाँदीको गहना, ९५ हजार नगदसहित घर भित्रका सवै सामान जल्दा करिव १२ लाखको क्षति भएको छ ।

Advertisement

त्यस्तै सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ कुमाल गाउँका रुपा नेवारको घरमा दीपावली गर्ने क्रममा राती करिव ८ बजे आगो लाग्दा १ लाख ५० हजार नगद, ५ तोला सुन, १० तोला चाँदीसहित घरका सम्पूर्ण सामान जल्दा करिव ६ लाख बराबरको क्षति भएको छ ।

त्यस्तैगरी मोरङको केरावारी गाउँपालिका–८ आमजुङेका उमेश बस्नेतको घरमा पनि दिपावली गर्ने क्रममा बालेको मैनबत्तिबाट राती करिव ९ बजे आगलागी भएको छ । आगलागीबाट साढे ४ तोला सुनका गहना, ४५ हजार नगदसहित २ तले घर र ग्वाली जल्दा २१ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यता, ताप्लेजुङको सिरिजंगा गाउँपालिका–२ खम्दिम्बेका रमेश भट्टराईको घरमा दिपावलीका क्रममा आगालागी हुँदा ८ लाख बराबरको क्षति भएको छ । आगालागीमा परी ३ लाख नगद, किराना पसल, फर्निचर लगायत सामान जलेका छन् । आगो निभाउने क्रममा हात जल्दा भट्टराई घाईते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!