धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नगर स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा महालक्ष्मी नगर कमिटिको आयोजनामा भएको प्रशिक्षणमा नगरभित्रका करिव डेढ सय नेता, कार्यकर्ता सहभागि थिए ।
नेकपाका केन्द्रिय सदस्य हेमराज भण्डारी, प्रदेश सदस्य धर्मराज पौडेल, जिल्ला सचिवालय सदस्य दुर्गा लिंखा, टंक चुवान लगायत नेताहरुले प्रशिक्षण दिएका हुन् ।
माक्सवादी दर्शन, समसामयिक राजनीति, सरकारका काम, नेकपाको नीति तथा पद्धति लगायत बिषयमा केन्द्रित भएर कार्यकर्तालाई प्रशिक्षण दिईएको नगर अध्यक्ष प्रेम खड्काले जानकारी दिए ।
नगर कमिटि, पार्टी संबद्ध जनप्रतिनिधि, वडा कमिटिका पदाधिकारी लगायतलाई प्रशिक्षण दिईएको हो ।
पार्टी एकता पश्चात महालक्ष्मी नगरमा नेकपाले पहिलो पटक नगर स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको प्रचार तथा प्रकाशन बिभाग प्रमुख दुर्गा बहादुर कुँवरले जानकारी दिए ।