- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुँने भएको छ । सहिद रामकृष्ण स्मृती प्रतिष्ठानले आगामी माघ पहिलो साता १ नम्बर प्रदेश स्तरीय प्रतियोगिता गर्ने भएको हो ।

२०३० साल चैत्र ३ गते तत्कालिन राजा विरेन्द्र विराटनगर आउँदा बम प्रहार गर्ने क्रममा मृत्यु भएका राम कृष्ण श्रेष्ठलाई सरकारले ०७४ माघ ३ गते सहिद घोषणा गरेको थियो । उनकै सम्मानमा प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका सल्लाहकार बिजय सन्तोषी राईले जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि प्रतिष्ठानले सरोकारवालाहरुसँग छलफल पनि गरेको छ ।  कार्यक्रममा १ नम्वर प्रदेश सभाका न्याय कानून तथा विद्यान समिति सभापति इन्द्रमणी पराजुली, प्रदेश सभा सांसद कुसुम कुमारी श्रेष्ठ र लिला सुब्बाले प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष इश्वर अकेला, उपाध्यक्ष सत्य नारायण श्रेष्ठ, सविच कृष्ण भागत श्रेष्ठ लगायतले सहिद श्रेष्ठको योगदानको चर्चा गरे । सोहि क्रममा बिजया दशमी, दीपावली, छठ, नेपाल सम्वत लगायत पर्वको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!