- संगालोखबर सम्वाददाता

बिराटनगर। शल्यचिकित्सक समाज प्रदेश नम्बर १ को अध्यक्षमा नोबेल अस्पतालका डा.रोहितप्रसाद यादव निर्वाचित भएका छन् । १ नम्बर प्रदेशका बिभिन्न अस्पतालमा कार्यरत शल्यचिकित्सकहरुको भेलाले डा.यादवको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति निर्माण गरेको हो ।

समितिको उपाध्यक्षमा डा.सुनिलचन्द्र अधिकारी, सचिवमा डा.राकेशकुमार गुप्ता, सह–सचिवमा डा.शिवराज शर्मा, कोषाध्यक्षमा डा.निशेष सिटौला र सह–कोषाध्यक्षमा डा.सुदिप खानिया निर्वाचित भएका छन् ।

त्यस्तैगरी सदस्यहरुमा डा.नरेन्द्र पण्डित, डा.अशोक कोईराला, डा.भुपेन्द्र श्रेष्ठ, डा.निर्मलप्रसाद शाह, डा.रबिनराज सिंह, डा.समिर भट्टराई, डा.वासुदेव वासकोटा, डा.रामवावु खड्का र डा.सम्भु नवाल चयन भएका छन् ।

भेलाले प्रा.डा.शैलेस अधिकारी, प्रा.डा.आर के सिंह र डा.आर के साबो सम्मिलित तीन सदस्यीय सल्लाहकार समिति पनि निर्माण गरेको छ ।

यसैवीच समिति घोषणाका लागि बिराटनगरमा आयोजित कार्यक्रममा नव निर्वाचित अध्यक्ष डा.रोहितप्रसाद यादवले पित्त नलीको समस्या, सचिव डा.राकेश गुप्ताले हर्निया र डा.मनिस गौतमले फिस्टुलाको शल्यक्रियाका बिषयमा कार्यअनुभव बताएका छन् ।

भिडियो…

https://youtu.be/61cfB_6ps2g

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!