संगालोखबर संवाददाता

धनकुटा । धनकुटा नगरपालिका–९ गुठिटार स्थित कोशी राजमार्गमा आज दिउँसो बस र ट्रक ठक्कर खाँदा १४ जना घाईते भएका छन् ।

Advertisement

झापाबाट तेह्रथुम जाँदै गरेको ना.६ ख.१९७६ नम्बरको बस र बिपरित दिसाबाट आउँदै गरेको ना.६ ख.४४८३ नम्बरको ट्रक दिउँसो करिव १२ बजे आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालकसहित १४ जना घाईते भएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोईरालाले संगालोखबरलाई जानकारी दिए । घाईते १३ जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।

ट्रक चालक भोजपुरका चन्द्रकुमार राईलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । ठक्करबाट बस र ट्रकको अगाडीको भागमा क्षति पुगेको छ ।

दुवै सवारी घटनास्थलमै छन् । बस चालकलाई धनकुटा प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि हेर्नुहोस् …

दुर्घटनामा घाईते भएका धनकुटाका भट्टराईको मृत्यु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement