- संगालोखबर सम्वाददाता
फाईल तस्वीर

धनकुटा । धनकुटामा सोमबार दुई जनाको शव फेला परेको छ । महालक्ष्मी नगरपालिका–४ दमार स्थित अरुण नदी किनार र सहिदभूमी गाउँपालिका–७ स्थित तमोर नदी किनारमा एक/एक जना महिलाको शव फेला परेको हो ।

अरुण नदीमा भेटिएको शवको पहिचान भएको छ भने तमोरमा भेटिएको शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सहिदभूमी गाउँपालिका–७ सितेनी भीर स्थित तमोर नदी किनारमा महिलाको शव भेटिएको हो । करिव ४०/४५ बर्षकी महिला जस्तो देखिने उक्त शव सडेर चिन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

यता, अरुणमा भेटिएको शव संखुवासभाको खाँदबारी नगरपालिका–९ ढुङगेधाराकी २३ बर्षीया सदिछा श्रेष्ठको भएको पुष्टि भएको छ । गत भदौ ३१ गते संखुवासभाको धर्मदेवी नगरपालिका–८ स्थित अक्कर भीरबाट बोलेरो गाडी खस्दा श्रेष्ठसहित ६ जना बेपत्ता भएका थिए ।

सोमबार नदीमा शव फेला परेपछि पुगेका श्रेष्ठका आफन्तले शवको पहिचान गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!