उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका-८ का २७ बर्षीय सत्य सदा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

Advertisement

उनले २५ गते राती ९ बजे १५ बर्षीया बालिकालाई बिवाह गर्छु भनी ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने पीडित बालिकाकी आमाले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले आज बिहान सदालाई पक्राउ गरेको हो ।

पक्राउ परेका सदाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!