संगालोखबर सम्वाददाता

मोरङ । नोबेल शिक्षण अस्पतालले मोरङको ईटहरामा निःशुल्क एम्बुलेन्स प्रदान गरेको छ । रतुवामाई नगरपालिका–९ स्थित ईटहरामा रहेको जेष्ठ नागरिक हकहित समाजलाई नोबेलले करिव ११ लाख मुल्य बराबरको एम्बुलेन्स निःशुल्क प्रदान गरेको हो ।

Advertisement

ईटहरामा आयोजित कार्यक्रममा नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेले सस्थाका अध्यक्ष भुवनसिंह राईलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे । सोहि अवसरमा रतुवामाई नगरपालिकाका मेयर रबिन राई र नोबेल अस्पतालका अध्यक्ष न्यौपानेले संयुक्त रुपमा रिवन काटेर एम्बुलेन्स सेवा उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै मेयर राईले एम्बुलेन्सका कारण अव रतुवामाई क्षेत्रका बिरामीलाई समयमै अस्पताल पुर्याउँन सहज हुँने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नोबेल अस्पतालका अध्यक्ष न्यौपानेले बिरामीको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवामूलक हिसावले एम्बुलेन्स सेवा सञ्चालन गर्न सुझाव दिए ।

नोबेलले यसअघि मोरङको पथरीशनिश्चरे र पाँचथरमा पनि एम्बुलेन्स निःशुल्क प्रदान गरेको थियो । समयमा अस्पताल पुर्याउँन नसकेर बिरामीको मृत्यु नहोस् भन्ने उद्धेश्यले एम्बुलेन्स प्रदान गरिएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

भिडियो…

https://youtu.be/udmaHhhR8Zo

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!