- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धरान । प्रहरीले धरान–९ आचार्य लाईनबाट ठुलो परिमाणमा लागुऔषध र हतियारसहित एक जना युवकलाई पक्राउ गरेको छ । कोशी गाउँपालिका–३ घर भई धरानको आचार्य लाईनमा डेरा गरी बस्ने २३ बर्षीय निरज कुमार राउतलाई प्रहरीले डेराबाटै पक्राउ गरेको हो ।

राउतको डेराबाट प्रहरीले ठुलो चाईनिज पेस्तोल १ थान, म्यागजिन १ थान र १३ राउण्ड गोली बरामद गरेको छ ।

Advertisement

यसैगरी १ सय मिलिलिटरको डिलेक्स डिसी २२५ बोतल, खैरो होरोइन ७ ग्राम, निट्रोसन ६४० ट्याब्लेट र स्पास्मोप्रोक्सिवन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध र हतियारसहित उनलाई नियन्त्रणमा लिएको हो । राउतलाई नियन्त्रणमा लिएर उनको कारोबारका बिषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!