उदयपुर । उदयपुरको कटारीमा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु भएको छ । अरिङ्गालको टोकाईबाट कटारी–९ लिम्पाटारका ३२ बर्षीय दलबहादुर परियारको मृत्यु भएको हो ।
घर नजिक चिलाउनेको रुखमा रहेको अरिङ्गालको गोलोमा आगो लगाउने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो ।
अरिङगालको टोकाईबाट गंभीर घाईते भएका परियारलाई उपचारका लागि कटारी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।