उदयपुर । उदयपुरमा गएराती धारिलो हतियार प्रहार गरेर आमा छोरीको हत्या भएको छ । त्रियुगा नगरपालिका–९ चौकीबारीकी २२ वर्षीया शारदा कुमारी चौधरी र उनकी ९ वर्षीया छोरी रत्ना चौधरीको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्यामा धारिलो हतियार प्रयोग भएको छ । हत्या कसले र किन गरेको भन्ने खुल्न सकेको छैन । घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक बीरबहादुर बुढामगरले बताए ।
मृतक चौधरीका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् । सासू ससुरा चौदण्डीगढी नगरपालिका–५ सिबाइमा बस्दै आएका छन् । अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर पनि ल्याउँने भएको छ ।