- संगालोखबर सम्वाददाता

तेह्रथुम । तेह्रथुमको फेदापका एक बृद्धलाई तमोर नदीले बगाएको छ । फेदाप गाउँपालिका–१ माझीगाउँका ६४ बर्षीय बीरबहादुर माझी तमोरमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Advertisement

नदीको बिचमा रहेको बास निकाल्न जाने क्रममा माझीलाई नदीले बगाएको हो ।

बेपत्ता माझीलाई आफन्त र पोक्लाबुङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!