- संगालोखबर सम्वाददाता
मुलघाट स्थित पुलबाट देखिएको तमोर नदी । फाईल तस्वीर: संगालोखबर

धनकुटा । धनकुटाको मुलघाट स्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा आज दिउँसो एक युवतीलाई नदीले बगाएको छ । धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदी किनारमा सेल्फी खिच्ने क्रममा धनकुटा–७ मदनचौककी २२ बर्षीया सुजना कटुवाललाई तमोरले बगाएको हो ।

साथीहरुसँग गएकी कटुवाल नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर दिउँसो करिव ३ बजे नदीमा बेपत्ता भएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोईरालाले जानकारी दिए । ‘घटनाको जानकारी पाएपछि आफन्त र प्रहरीले उनको खोजी जारी राखेका छौ ।’ उनले भने ।

Advertisement

बेपत्ता कटुवालका वुवा गोरख कटुवालले धनकुटाको मदनचौकमा कञ्चनजंगा होटल सञ्चालन गर्दै आएका छन् । घटनाको जानकारी पाएपछि उनको खोजिका लागि आफन्तहरु तमोर नदीमा भेला भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!