- संगालोखबर सम्वाददाता

बिराटनगर। नोबेल शिक्षण अस्पतालमा देशभरका ७० जना डाक्टरलाई ईकोकार्डियोग्राफी प्रशिक्षण दिईएको छ । ईण्डियन एकेडेमी अफ कार्डियोग्राफीसँग सहकार्य गरेर नोबेल शिक्षण अस्पतालले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

Advertisement

कार्यक्रममा देशभरका १५ अस्पतालमा कार्यरत ७० जना डाक्टर सहभागि थिए ।

सहभागिहरुलाई भारतको मेदान्त अस्पतालका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.रभी आर कैसलिवाल, डा.मनिस बन्साल, नोबेल शिक्षण अस्पतालका मुटुरोग बिशेषज्ञ डा.राजेश नेपाल, डा.अवदुल खालिफ मुनिब र डा.सहदेब ढुंगानाले प्रशिक्षण दिएका छन् ।

मुटु रोग पत्ता लगाउँने ईकोकार्डियोग्राफी परिक्षणका बिषयमा डाक्टरहरुलाई थप क्षमता अभिबृद्धि गराउँने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको नोबेल अस्पतालका मुटुरोग बिशेषज्ञ डा.राजेश नेपालले जानकारी दिए ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!