संगालोखबर सम्वाददाता

बिराटनगर । नोबेल शिक्षण अस्पतालले न्यौपाने बन्धु समाजको परिचयपत्र हुँनेहरुलाई दिदै आएको उपचार सहुलियतलाई निरन्तरता दिने भएको छ । न्यौपाने बन्धु समाज प्रदेश समितिका प्रतिनिधिहरुसँग आज भएको छलफल कार्यक्रममा नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा (न्यौपाने) ले उपचार सहुलियतलाई निरन्तरता दिने घोषणा गरेका हुन् ।

Advertisement

नोबेलले करिव १० बर्ष अघिदेखि न्यौपाने बन्धुहरुलाई उपचारमा सहुलित दिदै आएको छ । ओपीडीमा डाक्टरले लेखेको परीक्षण गराउँदा र भर्ना भएर उपचार गराउँदा न्यौपाने बन्धुहरुले सहुलियत पाउँदै आएका छन् । अव सीटीस्क्यान र एमआरआई गराउँदासमेत सहुलियत दिईने नोबेल अस्पतालले जनाएको छ ।

यसैवीच कार्यक्रममा न्यौपाने बन्धु समाजका ३ नम्बर प्रदेश संयोजक बिष्णु न्यौपाने, १ नम्बर प्रदेश अध्यक्ष कृष्णप्रसाद न्यौपाने, मोरङ अध्यक्ष हरिचरण न्यौपाने लगायतले उपचार सहुलियत उपलब्ध गराएको प्रति नोबेल अस्पताल सञ्चालक डा.शर्मालाई धन्यवाद ज्ञापन गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!