सन्तोष रुचाल/संगालोखबर

धनकुटा । नेपाली सेनाले ‘एक सिपाही एक फलफुलको विरुवा’ अभियान सुरु गरेको छ । सरकारले घोषणा गरेको ‘एक नेपाली, एक फलफुलको विरुवा’ अभियान सफल पार्न ‘हरियाली प्रबद्र्धनमा नेपाली सेना’ कार्यक्रम गरेर सेनाले यो अभियान थालेको हो ।

Advertisement

अभियानका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबार धनकुटा आए । उनले महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा एभोकाडोको विरुवा रोपेर अभियान सुरु गरेका हुन् ।

कार्यक्रममा रक्षा सचिव रेशमराज पाण्डे, जितपुरका एक सय २ बर्षीय ओमनारायण श्रेष्ठ, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, नगरप्रमुख लगायतले पनि वृक्षारोपण गरे ।

अव यो अभियान अन्य जिल्लामा पनि चलाईनेछ । ‘फलफूल रोप्न बढाउ हात, जनतालाई नेपाली सेनाको साथ’ भन्ने नारासहित २ नं बाहिनी अड्डा अन्र्तगत धनकुटा, मोरङ, सुनसरी, भोजपुर, तेह्रथुम र संखुवासभाका गण, गुल्महरुले स्थानीय तह र सरोकारवालासँग सहकार्य गरी विभिन्न प्रजातिका फलफुलका २० हजार विरुवा रोप्नेछन् ।

अभियान अन्तरगर्त धनकुटामा ३ हजार १ सय ६०, तेह्रथुममा ४ सय, भोजपुरमा १ हजार ४ सय, संखुवासभामा ५ सय ४०, सुनसरीमा रहेको कोशीटप्पु बन्यजन्तु आरक्षमा १३ हजार ७ सय ५० र मोरङमा ७ सय ५० फलफुलका विरुवा रोपीने नेपाली सेनाले जनाएको छ ।

यता, धनकुटामा करिब ३ सय घरधुरीलाई लक्षित गरी प्रत्येक घरको प्राङ्गणमा ४ वटा, खाँली सरकारी जमिन, स्कूलको प्राङ्गण र मन्दिर इलाकामा ३ हजार १ सय ६० वटा फलफुलको विरुवा रोपिएको छ ।

स्थानीय तहमा गठन भएका समिति र सेनाको युनिटले पनि विरुवाको संरक्षण गर्नेछ । यसरी सर्बसाधरणको घर–घरमा पहिलो पटक फलफुलको बिरुवा वितरण गरी बृक्षरोपण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!