- प्रेम देवान

विराटनगर । माईतीबाट दाईजो नल्याएको भन्दै बिराटनगरकी एक महिलालाई सिमावर्ती भारतको जोगवनीमा हत्या गरिएको छ । विराटनगर–११ पञ्चमुखी चौकका मनिकचन्द सहनीकी २२ वर्षीया छोरी रञ्जुदेवी सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो ।

Advertisement

भारतको अररिया जिल्ला स्थित परवाना नदीको मिरगन्ज पुल नजिकै पानीमा फालेको अवस्थामा रञ्जुको शव भेटिएको छ । शवको पोष्टमार्टमपछि नेपाल नै ल्याएर दाहसंस्कार गरिने मृतकका माईती पक्षले जनाएका छन् ।

हत्यामा संग्लन भएको आरोपमा रन्जुका श्रीमानसहित चार जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रन्जुका श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार र छिमेकी शिवानन्द मुखिया रहेको जोगबनी प्रहरी थानाका ईन्चार्ज अफताब अहमदले जानकारी दिए । उनीहरु बिरुद्ध रन्जुका माईती पक्षले भारतीय प्रहरीमा ज्यान मुद्दा दर्ता गराएका छन् ।

यस्तो छ कारण

गत फागुनमा भारतको अररिया जिल्ला तकियाका २५ बर्षीय भीम बहरदारसंग रन्जुदेवीको विवाह भयो । विवाहपछि बहरदार परिवारले पटक–पटक रन्जुलाई दाईजोको विषयमा मानसिक र शारीरिक यातना दिँदै आएको माईती पक्षको आरोप छ । दाईजोको दवावकावीच माईती पक्षले केहि समय अगाडी मोटरसाईकलसमेत किनेर दिएका थिए ।

‘हामीले भर्खरै मात्र मोटरसाईकल किनिदिएका थियौं ।’ रन्जुका हजुरबुबा उमालाल सहनीले भने, ‘छोरीका सासु–ससुरा र श्रीमानले फेरी दुई लाख पैसा मागे । त्यो दिन नसक्दा रन्जुको हत्या गरेका हुन् ।’

यस अघि पनि रञ्जुलाई सासु–ससुरा र श्रीमानले पटक–पटक दाइजोको निहूँमा यातना दिने गरेको उमालालले सुनाए । पछिल्लो माग गरेको दुईलाख दिन नसकेकै कारण नातिनीले ज्यान गुमाउनु परेको उनको आरोप छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!