- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको हिले बजारमा बुद्धपार्क निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले हिलेको न्यूरोडमा करिव १६ लाख लागतमा बुद्धपार्क निर्माण गरिएको हो ।

Advertisement

पार्क निर्माणमा धनकुटा नगरपालिकाले ११ लाख र १ नम्बर वडा कार्यालयले ५ लाख बजेट खर्चेका छन् । झण्डै अढाई बर्ष लगाएर निर्माण गरिएको पार्कको उद्घाटन भईसकेको छ ।

पर्यटन र व्यापारिक केन्द्रको रुपमा चिनिएको हिलेमा थप पर्यटक आकर्षित गर्ने उद्धेश्यले पार्क निर्माण गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । हिलेबासीसमेत रहेका मेयर तामाङले हिलेलाई सुन्दर र समुन्नत बनाउन आगामी वर्ष बजारका विभिन्न स्थानमा पार्क र भ्यूटावर निर्माण गरिने जानकारी दिए ।

हिले बजारमा केहि बर्ष अघि तोङ्वाको स्तम्भपनि निर्माण गरिएको छ । धनकुटा बजारबाट १३ किलोमिटर उत्तरमा रहेको हिलेमा चिसो र मनोरम वातावरणका कारण तराई क्षेत्रका धेरै मानिसहरु घुम्न जाने गरेका छन् ।

भोजपुर, तेह्रथुम, संखुवासभा लगायत जिल्लामा जाने सडक पनि सोहि स्थानबाटै भएकाले हिलेमा चहलपहल बढी हुँने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!