धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपामा गएराती ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा चौबिसे–३ बन्दुकेडाँडाका १७ बर्षीय लक्ष्मण तामाङ छन् ।
तमोर नदीबाट बालुवा लिएर मुढेबास जाँदै गरेको को.२ त.२८३६ नम्बरको ट्याक्टरबाट लडेर तामाङ गंभीर घाईते भएका थिए । घाईते तामाङलाई मुढेवास स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो ।
उपचारकै क्रममा गएराती करिव १ बजे तामाङको मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए । घटनापश्चात ट्याक्टर र चालक चौबिसे–५ का जीवन तामाङलाई मुढेवास प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
यो पनि हेर्नुहोस् …
धनकुटाको गुठिटारमा बस र ट्रक जुध्दा १४ घाईते