- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धरानमा सडक दुर्घटनामा परी घाईते भएका धनकुटा नगरपालिका–६ आत्माराका गुरुप्रसाद भट्टराईको उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको छ ।

Advertisement

बिराटनगरको न्यूरो अस्पतालमा उपचाररत ३८ बर्षीय भट्टराईको दिउँसो करिव ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार किराना पसलको सामान लिन को.१ ख.४६७९ नम्बरको बोलेरो पिकअप लिएर भट्टराई धरान गएका थिए ।

सामान लिएर धनकुटा फर्कने क्रममा धरानको लक्ष्मीचौकमा सडकमाथि लत्रिएको टेलिफोनको तार गाडीमा अल्झिएपछि निकाल्न भट्टराई पिकअपमाथि चढे । सोहि क्रममा तिब्र गतिमा आएको बा.४ ख ९२५ नम्बरको बसले तार छुँदा उनी सोहि तारमा अल्झिएर सडकमा लडे ।

लडेर टाउकोमा गंभीर चोट लागेका भट्टराईलाई उपचारका लागि न्यूरो अस्पताल ल्याईएको थियो । उपचारकै क्रममा उनको निधन भएको मृतकका भतिज सन्तोष भट्टराईले जानकारी दिए ।

महालक्ष्मी नगरपालिका स्थित अर्खौले स्थायी घर भएका भट्टराई धनकुटाको आत्मारामा रहेको घरमा किराना पसल चलाउँदै आएका थिए ।

यो पनि हेर्नुहोस् …

धनकुटाको गुठिटारमा बस र ट्रक जुध्दा १४ घाईते

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!