- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा शान्ति सुरक्षा स्थापना र प्रहरी कार्यमा सहयोग पुर्याउँने सामाजिक संघ-संस्था र व्यक्तिलाई सम्मान गरिएको छ । ६४ औं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय धनकुटाले आज बिभिन्न संघ–सस्था र व्यक्तिहरुलाई सम्मानित गरेको हो ।

त्यस्तै उत्कृष्ट कार्य सम्पादन गर्ने ११ जना प्रहरीलाई नगदसहित पुरस्कृत गरिएको छ । सम्मानीत हुनेहरुमा अमर प्रहरीको तर्फबाट स्वर्गीय प्रहरी भुपाल आर्चायकी श्रीमती कमला आर्चाय, सामाजिक संघ संस्था तर्फ महिला पुर्नस्थापना सेवा केन्द्र, त्रिवेणी माध्यमिक बिद्यालय, गोकुण्डेश्वर माध्यमिक बिद्यालय, भाषा माध्यमिक बिद्यालय, जाल्पा देवी माध्यमिक बिद्यालय र भानु माध्यमिक बिद्यालय छन् । त्यस्तै प्रहरी कार्यमा सहयोग पुर्याएको भन्दै मुढेवासका मोविन्द्र लिम्बु र हिलेका प्रेमप्रसाद लिम्बुलाई पनि सम्मान गरिएको छ ।

त्यसैगरी उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, प्रहरी निरीक्षक भाष्कर खतिवडा, प्रहरी नायव निरीक्षक राजु विष्ट, प्रहरी सहायक निरीक्षक श्याम कार्की, प्रहरी हल्दारहरु ढागवहादुर श्रेष्ठ, रामकुमार यादव, प्रहरी जवानहरु दिनेश राजबंशी, मनिल राई, कल्पना तामाङ, चन्द्र कुमारी चौधरी र गुनेन्द्र राजबंशीलाई नगदसहित पुरस्कृत गरिएको छ ।

उनीहरुलाई प्रदेश सांसद इन्द्रमणी पुराजुली, लिला सुब्बा, जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, पाख्रीवास नगरपालिका प्रमुख बृख वहादुर राई, महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल, प्रमुख जिल्ला अधिकारी डा.कृष्ण वहादुर घिमिरे, जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोईराला लगायतले सम्मानित गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!