धनकुटा । धनकुटाको पात्लेखोला नजिक आज दिउँसो जिप दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । तेह्रथुमबाट धरान तर्फ जाँदै गरेको को.१ ज.२७९१ नम्बरको जिप दिउँसो करिव साँढे १२ बजे ब्रेक फेल भएर कोशी राजमार्गमा पल्टिएको हो ।
दुर्घटनामा परी तेह्रथुमको जिरिखिम्तिकी ५२ बर्षीया पबित्रा लिम्बु, उनकी नातिनी २ बर्षीया सुबर्ण लिम्बु र ७१ बर्षीया कुमारी लिम्बु घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
घटनापश्चात जिप चालक तेह्रथुमको म्याङलुङका २८ बर्षीय फडिन्द्र बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दशैंमा बढ्यो सवारी दुर्घटना
धनकुटामा दशैं सुरु भएयता दुर्घटनाको क्रम बढेको छ । यसअघि हिजो दिउँसो धनकुटाको गुठिटार नजिक बस र ट्रक ठक्कर खाँदा १४ जना घाईते भएका थिए । गएराती चौबिसे गाउँपालिका–३ मा ट्याक्टरबाट लड्दा स्थानीय १७ बर्षीय लक्ष्मण तामाङको मृत्यु भएको छ ।
धरानमा सडक दुर्घटनामा परेर घाईते भएका धनकुटाको आत्माराका ३८ बर्षीय गुरुप्रसाद भट्टराईको पनि हिजो मृत्यु भएको थियो ।
यो पनि हेर्नुहोस् …
धनकुटाको चौबिसेमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
दुर्घटनामा घाईते भएका धनकुटाका भट्टराईको मृत्यु