धरान । धरानमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनकुटाको सहीदभूमी गाउँपालिकाका गिरेन्द्र राई पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सहीदभूमी गाउँपालिका–३ छिन्ताङ्ग स्थित सिरवानीका ३५ बर्षीय राई धरानबाट पक्राउ परेका हुन् ।
उनी धरान उपमहानगरपालिका–१६ मा डेरा गरी बस्दै आएका छन् । राईले ती बालिकालाई आफ्नै कोठामा पुर्याएर जबरजस्ती करणी गरेको आरोप छ ।
गत मंगलबार अर्थात भाईटिकाको दिन घटना भएपनि बुधबार मात्र जानकारी पाएपछि राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राई बिरुद्ध सुनसरी जिल्ला अदालतमा जवरजस्ती करणीको मुद्दा दायर गरिएको छ ।
मुद्दा दायर पश्चात म्याद थप गरी घटनाको बिषयमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।