संगालोखबर सम्वाददाता

धनकुटा । दशैंलाई बिदाई गर्दै नेपाली कांग्रेस धनकुटाले आइतबार जिल्ला सदरमुकाममा चियापान कार्यक्रम गरेको छ । कोजागत पूर्णिमाको अवसर पारेर कांग्रेसले धनकुटा–७ स्थित जिल्ला पार्टी कार्यालयमा चियापान कार्यक्रम गरेको हो ।

Advertisement

चियापान कार्यक्रम गरेर दशैंलाई बिदाई गर्दै तिहार, नेपाल सम्वत, छठ र मंसिरे चाडको शुभकामना आदानप्रदान गरिएको कांग्रेस सचिव बिजयसन्तोषी राईले जानकारी दिए । यसैवीच कार्यक्रममा सहभागिहरुले मुलुकलाई समृद्ध बनाउन सहमति, सहकार्य र एकताको खाँचो औल्याएका छन् ।

कार्यक्रममा सांसद इन्द्रमणी पराजुली, निरन राई, कुसुमकुमारी श्रेष्ठ, लिला सुब्बा, संविधान सभा सदस्य मनोहरनारायण श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, उपप्रमुख बंगलादेवी राई, प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरे लगायतले महत्वपूर्ण सवालहरुमा सवै राजनैतिक दलवीच एकता र सहकार्य हुँनुपर्नेमा जोड दिए ।

सो अवसरमा कांग्रेस सभापति अग्नीप्रसाद पौडेल, समाजवादी पार्टीका अध्यक्ष बलवहादुर राई, राष्ट्रिय जनमोर्चाका सचिव कोपिला शंकर, राप्रपा संयूक्तका जिल्ला सदस्य मिनवहादुर कार्की, संघीय लोकतान्त्रिक मञ्चका प्रमुख चन्द्रसिंह नेम्वाङ, कांग्रेस महासमिति सदस्य आनन्दसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई लगायतले चाडपर्वको शुभकामना व्यक्त गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!