संखुवासभामा जंगली च्याउ खाँदा थप एक जनाको मृत्यु, मृतकको संख्या दुई पुग्यो
संखुवासभा । जंगली च्याउ खाँदा बिरामी भएकी संखुवासभाकी एक महिलाको आईतबार मृत्यु भएको छ । जंगलबाट ल्याएको च्याउ खाएर बिरामी भएपछि उपचारका लागि बिराटनगर लगिएकी सभापोखरी–२ गोठगाउँकी २४ वर्षीय अनिता राईको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै संखुवासभामा जंगली च्याउ खादा मृत्यु हुनेको संख्या दुई पुगेको छ । केहि दिन अघि पनि जंगली च्याउ खाँदा बिरामी परेकी महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । दु...































