संगालोखबर सम्बाददाता

मोरङ । मोरङको बेलबारीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–९ का ३० बर्षीय दीलिप चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

Advertisement

स्थानीय दुधे खोलामा करेन्ट लगाएर माछा मार्न गएका चौधरी माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर घाईते भएका थिए । उनलाई उपचारका लागि धरान स्थित बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!