
बिराटनगर । झापा र सोलुखुम्बुमा दुई जना मृत फेला परेका छन् । झापाको गौरीगञ्ज गाउँपालिका स्थित पाराखोपीका ७३ बर्षीया बेटिया किस्कु र सोलुखुम्बुको सोताङ गाउँपालिका–३ खहरेका १८ बर्षीय दत्तसिंह राई मृत भेटिएका हुन् । उनीहरु दुबै जनाको शव शनिवार खोलामा भेटिएको हो ।
झापाका बृद्धाको शव स्थानीय कमलखोलामा भेटिएको हो भने सोलुखुम्बुका राईको शव पनि स्थानीय हुगा खोलामा फेला परेको प्रहरीले जनाएको छ ।
गत बुधबारदेखि घरबाट सम्पर्कबिहिन रहेका राईको खोजी गर्ने क्रममा खोलामा शव भेटिएको हो । दुबै घटनाका बिषयया झापा र सोलुखुम्बु प्रहरीले अनुसन्धान थालेको छ ।















