श्रीमतीकै योजनामा औषधि व्यवसायी दुलालको हत्या, तीन जना पक्राउ

श्रीमतीकै योजनामा औषधि व्यवसायी दुलालको हत्या, तीन जना पक्राउ

बिराटनगर । श्रीमतीकै योजनामा बिराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार अपरान्ह अनलाइनमार्फत पत्रकार सम्मेलन गर्दै श्रीमती मिना श्रेष्ठ दुलालकै योजनामा ३३ बर्षीय दुलालको हत्या भएको जनाएको छ । प्रहरीको अनुसन्धानका क्रममा मिनाले अन्य दुई युवालाई साथमा लिएर दुलालको हत्या गरेको देखिएको मोरङका प्रहरी प्रमुख एस्पी विश्व अधिकारीले जानकार...
मोरङका थप एक जनामा कोरोना संक्रमण पुष्टि

मोरङका थप एक जनामा कोरोना संक्रमण पुष्टि

बिराटनगर । सोमबार दिउँसो मोरङका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मोरङको रतुवामाई नगरपालिकाका २४ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०५ पुगेको छ । जसमध्ये दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  यसअघि हिजो बिराटनगरका दुई जना र धनकुटा...
झापामा गाईको बाच्छो काटेर खाएको आरोपमा तीन जना पक्राउ

झापामा गाईको बाच्छो काटेर खाएको आरोपमा तीन जना पक्राउ

झापा । झापाको गौरादह–४ मा गाईको बाच्छो काटेर खाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह–४ का २८ बर्षीय रमेश दर्जी, ५० बर्षीय रमेश सतार र ६० बर्षीय मद्रासी सतार छन् । गएराती १० बजे रमेश दर्जीको घरमा उनीहरुले बाच्छो काटेर मासु खाएका थिए । उनीहरुले बाच्छो काटेर खाएको र टाँउको र दुई वटा खुट्टा खेतमा पुरेको भन्दै स्थानीयले प्रहरीलाई आज बिहान खबर गरेका थिए । घटनाको जानका...
धनकुटा बजार क्षेत्र सिलः बढाइयो सुरक्षाकर्मीको तैनाथी, बजार सुनसान (फोटो फिचरसहित)

धनकुटा बजार क्षेत्र सिलः बढाइयो सुरक्षाकर्मीको तैनाथी, बजार सुनसान (फोटो फिचरसहित)

धनकुटा । धनकुटा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट धनकुटा बजार क्षेत्र सिल गरिएको छ । आईतबार राती आकस्मिक रुपमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार अनिश्चितकालका लागि अस्पतालसहित आसपासको बजार क्षेत्र सिल गरेर उच्च सर्तकता अपनाईएको हो । धनकुटाको सब्जीलाईन, बसपार्क, जिरोपोईन्ट, परिचयमोड, यलम्बर चौक, मधुगंगा सिनेमा हल र त्रिवेणी च...
धनकुटा बजार क्षेत्र सिल गर्ने निर्णय, कडाई गर्न सेना परिचालन गरिने

धनकुटा बजार क्षेत्र सिल गर्ने निर्णय, कडाई गर्न सेना परिचालन गरिने

धनकुटा । धनकुटा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीमा आईतबार कोरोना संक्रमण पुष्टि भएपछि सोमबारबाट धनकुटा बजार क्षेत्र सिल गरिने भएको छ । आईतबार राती आकस्मिक रुपमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले धनकुटा अस्पतालसहित आसपासको बजार क्षेत्र सिल गरेर उच्च सर्तकता अपनाउँने निर्णय गरेको हो । धनकुटाको सब्जीलाईन, बसपार्क, जिरोपोईन्ट, परिचयमोड, यलम्बर चौक, मधुगंगा सिनेमा हल र त्रिवेणी चौक क...
विराटनगरका कोरोना संक्रमित महानगरका सफाई कर्मचारी

विराटनगरका कोरोना संक्रमित महानगरका सफाई कर्मचारी

विराटनगर । विराटनगरमा काेराेना संक्रमण पुष्टि भएका पुरूष महानगरपालिकाका सफाई कर्मचारी रहेकाे पुष्टि भएकाे छ । विराटनगर– १५ का ३६ वर्षिय संक्रमित पुरूष महानगरपालिकाका सरसफाइ कर्मचारी हुन । विराटनगर ६ की संक्रमित महिला भारतबाट केही दिन अघि नेपाल आएकी हुन । ‘ संक्रमित व्यक्ती महानगरको सफाई कर्मचारी हुनुहुन्छ ।’ वडा नम्बर १५ का अध्यक्ष असलम आलमले भने ‘ हामी अस्पताल पठाउने तयारी गर्दैछौं ।’ ...
धनकुटामा पहिलो पटक स्वास्थ्यकर्मीमा देखियो कोरोना

धनकुटामा पहिलो पटक स्वास्थ्यकर्मीमा देखियो कोरोना

धनकुटा । धनकुटामा पहिलो पटक कोरोना संक्रमित फेला परेका छन् । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा धनकुटाकी ३४ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित महिला धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । धनकुटा बजारमा बस्दै आएकी उनी नियमित डिउटीमा खटिदै आएकी थिईन् । धनकुटामा कार्यरत केहि सुरक्षाकर्म...
धनकुटा र बिराटनगरका तीन जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा र बिराटनगरका तीन जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । आईतबार साँझ धनकुटा र बिराटनगरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा बिराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिराटनगरका ३५ बर्षीय पुरुष, २९ बर्षीया महिला र धनकुटाकी ३४ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहतको ...
बिराटनगरमा औषधि व्यवसायीको शंकास्पद मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

बिराटनगरमा औषधि व्यवसायीको शंकास्पद मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

बिराटनगर । विराटनगरका एक औषधि व्यावसायीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले घटनाको बिषयमा अनुसन्धान थालेको छ । विराटनगर–१० मधुमारामा औषधि पसल सञ्चालन गर्दै आएका इटहरी–१२ खनारका ३३ वर्षीय देवीप्रसाद दुलालको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले घटनाको बिषयमा अनुसन्धान थालेको हो । मधुमारामा देवी माँ पाथीभरा फर्मा नामक औषधि डिलर सञ्चालन गर्दै आएका दुलाल सुतेकै ठाउँमा बेहोस भेटिएको भन्दै उनकै श्री...
श्रममन्त्री रामेश्वर राय यादवलाई हृदयघात

श्रममन्त्री रामेश्वर राय यादवलाई हृदयघात

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । हृदयघात भएपछि मन्त्री यादवलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र लगिएको छ । चिकित्सकहरुका अनुसार मन्त्री यादवलाई हृदयघातको सामान्य रुप माइल अट्याक भएको पाईएको छ । उनको अवस्था सामान्य रहेको र उपचार जारी रहेको शहीद गङ्गालाल हृदयरोग केन्द्रले जनाएको छ ।
धनकुटामा मदन भण्डारीको शालिकमा माल्यार्पण

धनकुटामा मदन भण्डारीको शालिकमा माल्यार्पण

धनकुटा । धनकुटामा शनिवार जननेता स्व.मदन भण्डारीको शालिकमा माल्यार्पण गरिएको छ । २७ औं मदन–आश्रित स्मृति दिवसको अवसर पारेर मदनचौक स्थित भण्डारीको शालिकमा माल्यार्पण गरिएको हो । मदन–आश्रित प्रतिष्ठानको अगुवाईमा भएको कार्यक्रममा नेकपाका नेता, कार्यकर्ताले भण्डारीको शालिकमा माल्यार्पण गरेका थिए । नेकपाका नेताहरु गोपाल गुरागाईँ, ईन्द्रमणी पराजुली, निरन राई, सकुन्तला बस्नेत लगायतले शालिकमा फुल, माला ...
धनकुटाका शिक्षक अधिकारी प्रहरी नियन्त्रणमा, चार जनाबिरुद्ध जबरजस्ती करणी मुद्दा दायर

धनकुटाका शिक्षक अधिकारी प्रहरी नियन्त्रणमा, चार जनाबिरुद्ध जबरजस्ती करणी मुद्दा दायर

धनकुटा । धनकुटा नगरपालिकाकी १४ बर्षीया बालिकालाई यौन शोषण गरेको आरोप लागेपछि फरार भएका शिक्षक मदन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अधिकारीलाई आज अपरान्ह करिव ४ बजे भीमनारायण चौक नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हिजो बिहानबाटै सम्पर्कबिहिन भएका अधिकारीले आज दिउँसो करिव १२ बजे आफ्नो फेसबुक आईडीमा बिज्ञप्ति सार्वजनिक गर्दै आफु निर्दोष भएको दावीसहित प्रहरी कार्यालयमा आफै जाने...
यौन शोषण आरोप लागेका अधिकारीको बिज्ञप्ति : म निर्दोष छु, षड्यन्त्रपूर्वक फसाउँन खोजियो

यौन शोषण आरोप लागेका अधिकारीको बिज्ञप्ति : म निर्दोष छु, षड्यन्त्रपूर्वक फसाउँन खोजियो

धनकुटा । धनकुटाकी १४ बर्षीया बालिकालाई यौन शोषण गरेको आरोप लागेका शिक्षक मदन अधिकारीले आफु निर्दोष रहेको दावी गरेका छन् । घटनापछि फरार भएर प्रहरीले खोजि गरिरहेका अधिकारीले आज दिउँसो सामाजिक सञ्जाल फेसवुक मार्फत बिज्ञप्ति जारी गर्दै आफु निर्दोष भएको र आफुलाई फसाउँन षड्यन्त्र भएको दावी गरेका हुन् । अधिकारीसहित चार जना बिरुद्ध यौन शोषणको आरोपमा किटानी जाहेरी परेपछि उनी फरार थिए । उनीबाहेक अन्य तीन...
सुनसरी र झापाबाट लागुऔषधसहित दुई जना पक्राउ

सुनसरी र झापाबाट लागुऔषधसहित दुई जना पक्राउ

बिराटनगर । सुनसरी र झापाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । सुनसरीको कोशी गाँउपालिका–६ श्रीपुरजव्दीका २६ बर्षीय रुपेश झा २५ बोतल लागुऔषध डाईलेक्स डी.सी.सहित पक्राउ परेका छन् । हिजो साँझ साढे ७ बजे को.१३ प.७६५४ नम्बरको मोटरसाईकलमा सवार रहेका झालाई रोकेर चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । त्यस्तैगरी झापा शिवसताक्षी–४ बुलुचौकका ३५ बर्षीय रामब...
तमोर नदीमा डुबेर मृत्यु

तमोर नदीमा डुबेर मृत्यु

ताप्लेजुङ । तमोर नदीमा डुबेर ताप्लेजुङ फुङ्लिङ–३ सिटेनीका रोशन न्यौपानेको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा नदीमा डुब्दा १७ बर्षीय न्यौपानेको मृत्यु भएको हो । बाख्रा चराउँन गएका बेला शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा तमोर नदीले उनलाई बगाएको थियो । बगाएको स्थानभन्दा करिव २ सय मिटर तल नदीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
धनकुटामा बालिकालाई यौन शोषण गरेको आरोपमा तीन जना पक्राउ, शिक्षक अधिकारी फरार

धनकुटामा बालिकालाई यौन शोषण गरेको आरोपमा तीन जना पक्राउ, शिक्षक अधिकारी फरार

धनकुटा । धनकुटामा एक बालिकालाई यौन शोषण गरेको आरोपमा आज दिउँसो प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकालाई पटक–पटक यौन शोषण गरेको आरोपमा प्रहरीले स्थानीय तीन जनालाई पक्राउ गरेको हो । यौन शोषणमा संलग्न भएको आरोपमा धनकुटा नगरपालिका–६ आत्माराका गौरी अत्री, धनकुटा–६ भीमनारायण चौकका देवेन्द्र श्रेष्ठ र धनकुटा–६ कचिडेका भक्तबहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रह...
धनकुटाका पत्रकारलाई पूर्वमन्त्री थापाको सहयोग

धनकुटाका पत्रकारलाई पूर्वमन्त्री थापाको सहयोग

धनकुटा । पूर्वमन्त्री सुनिल बहादुर थापाले गृह जिल्ला धनकुटाका पत्रकारहरुका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन् । महासंघको पत्रकार कल्याणकारी कोषमा जम्मा हुँने गरी थापाले सहयोग स्वरुप २६ हजार रकम प्रदान गरेका हुन् । राप्रपाका नेतासमेत रहेका थापाले पठाएको उक्त रकम राप्रपाका जिल्ला नेता मिनबहादुर कार्कीले शुक्रबार पत्रकार महासंघका जिल्ला उपाध्यक्ष नगेन्द्र राईलाई हस्तान्तरण गरे । कोरोनाको महामारी ...
घरबाट लड्दा कामदारको मृत्यु

घरबाट लड्दा कामदारको मृत्यु

मोरङ । मोरङको उर्लाबारी–७ मा आज बिहान घरको तलाबाट लड्दा एक कामदारको मृत्यु भएको छ । मृत्यु हुँनेमा उदयपुरको बेलका–८ का २२ बर्षीय दिपक बस्नेत छन् । बिहान पौने ९ बजे स्थानीय एक घरको माथिल्लो तलामा ट्रस्ट लगाउँने क्रममा लड्दा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । लडेर घाईते भएका बस्नेतलाई उपचारका लागि उर्लावारी स्थित गोदावारी अस्पताल लगिएको थियो । उपचारकै क्रममा दिउँसो उनको मृत्यु भएको जिल्ला ...
महिनौं अघिदेखि बालिकामाथि पटक-पटक यौन शोषण, गर्भ बसेपछि खुल्यो रहस्य

महिनौं अघिदेखि बालिकामाथि पटक-पटक यौन शोषण, गर्भ बसेपछि खुल्यो रहस्य

धनकुटा । धनकुटामा एक बालिकामाथि लामो समययता यौन शोषण हुँदै आएको रहस्य खुलेको छ । धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकामाथि महिनौं अघिदेखि केहि प्रतिष्ठित व्यक्तिहरुले पटक–पटक यौन शोषण गर्दै आएको रहस्य खुलेको हो । चार जना व्यक्तिबाट पटक–पटक यौन शोषणमा पर्दै आएकी ती बालिकामा गर्भ बसेपछि घटनाको रहस्य बाहिर आएको छ । बालिकाको पेट अस्वभाविक रुपमा बढ्दै गएपछि सोधपुछ गर्ने क्रममा यौन शोषणको रहस्य ख...
धनकुटा आउँदै गरेका आठ गाडी भेडेटारमै रोकिए, साढे ३ सय यात्रुको गाडीमै बास

धनकुटा आउँदै गरेका आठ गाडी भेडेटारमै रोकिए, साढे ३ सय यात्रुको गाडीमै बास

धनकुटा । काठमाडौंबाट धनकुटा आउँदै गरेका आठ वटा गाडीलाई बिहिबार राती प्रहरीले भेडेटारमा रोकेको छ । राती जिल्ला भित्रदा जोखिम बढ्ने भन्दै प्रहरीले काठमाडौंबाट आएका गाडीलाई भेडेटारमै रोकेको हो । काठमाडौंमा अलपत्र परेका ३ सय ४९ जना धनकुटेलीलाई बोकेर बुधबार राती छुटेका बस २४ घण्टा पछि बिहिबार राती करिव ११ बजे भेडेटार आईपुगेका हुन् । लकडाउनकैवीच आउँने क्रममा बिभिन्न ठाउँमा प्रहरीले रोकेकाले गाडी आईपु...
काठमाडौंबाट धनकुटा आउँदै गरेका गाडीलाई भेडेटारमै रोकिने

काठमाडौंबाट धनकुटा आउँदै गरेका गाडीलाई भेडेटारमै रोकिने

धनकुटा । काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई बोकेर आउँदै गरेका आठ वटा गाडीलाई आज राती भेडेटारमै रोकिने भएको छ । राती जिल्ला भित्रदा जोखिम बढ्ने भन्दै आठ वटै गाडीमा सवार धनकुटेलीहरुलाई भेडेटारमै रोक्न लागिएको हो । आज राती सबै यात्रुलाई भेडेटारमै रोकेर भोलि बिहान पालिकाका प्रतिनिधिलाई जिम्मा लगाएर पठाईने सुरक्षा स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । ‘आज राती सबै यात्रुलाई गाडीमै बसाईन्छ ।’ स्रोत...
धनकुटाको पाख्रीवासका १५ सय कुकुर बिरालोलाई खोप लगाइने

धनकुटाको पाख्रीवासका १५ सय कुकुर बिरालोलाई खोप लगाइने

धनकुटा । पाख्रीवास नगरपालिका क्षेत्रका करिव १ हजार ५ सय कुकुर, बिरालोलाई रेविज रोगबिरुद्धको खोप लगाईने भएको छ । पाख्रीवास नगरपालिकाको पशु सेवा शाखाले जेठ ३ देखि ९ गतेसम्म शिविर सञ्चालन गरी कुकुर, बिरालोलाई रेविज रोगबिरुद्धको खोप लगाउँने तयारी गरेको हो । रेविज रोग नियन्त्रणका लागि कुकुर, बिरालोलाई खोप लगाउँन शिविर सञ्चालन गर्न लागिएको नगरपालिकाका पशु विकास अधिकृत गोरख तामाङले जानकारी दिए । ‘रेवि...
भोजपुरमा भारत बिरोधी प्रदर्शनमा प्रहरीको हस्तक्षेप, युवा संयोजकसहित पाँच जना पक्राउ

भोजपुरमा भारत बिरोधी प्रदर्शनमा प्रहरीको हस्तक्षेप, युवा संयोजकसहित पाँच जना पक्राउ

भोजपुर । भारतीय बिस्तारवादको बिरोध गर्दै भोजपुरमा आज भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेत्र गरेको छ । भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षीय युवा समुहको अगुवाईमा भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरी युवा समुहका संयोजकसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा युवा समुहका संयोजक गोपाल मोक्तान, पर्शुराम तिवारी, कमलजंग बस्नेत, फिणिन्द्र प्रधान र पाविहाङ राई छन् । अतिक्रमण गरेको ...
टिपरको ठक्करबाट साईकलयात्रीको मृत्यु

टिपरको ठक्करबाट साईकलयात्रीको मृत्यु

झापा । झापामा आज बिहान टिपरको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । दमक नगरपालिका–५ हरिओम कोलिनीको भित्री सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१ ख.५५२४ नम्बरको टिपरले बिपरीत दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिएको हो । ठक्करबाट साईकलयात्री दमक–१ का १६ बर्षीय शोभित दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान करिव ८ बजे टिपरले ठक्कर दिँदा दर्जीको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने...
भोजपुरमा चट्याङ लागेर पाँच जना घाइते

भोजपुरमा चट्याङ लागेर पाँच जना घाइते

भोजपुर । भोजपुरमा मंगलबार (आज) चट्याङ लागेर पाँच जना घाईते भएका छन् । बर्षासँगै परेको चट्याङले लाग्दा पौवादुङका पाँच जना घाईते भएका हुन् । चट्याङ लागेर पौवादुङ वडा नं–२ तिवारीभञ्याङका ३५ वर्षीय टिकाराम खड्का, उनकी १२ वर्षीया छोरी अस्मिता खड्का, ६१ वर्षीया रामकुमारी खत्री, ३२ वर्षीय दिनेश खत्री र ३० वर्षीय दिपक दर्जी घाईते भएको प्रहरीले जनाएको छ । स्थानीय स्वास्थ्य सस्थामा घाईतेहरुको उपचार भईरह...
धनकुटा हेल्थ साइन्सद्वारा खाद्यान्न सहयोग

धनकुटा हेल्थ साइन्सद्वारा खाद्यान्न सहयोग

धनकुटा । धनकुटा ईन्स्टिच्यूट अफ हेल्थ साइन्सले लकडाउन प्रभावितलाई सहयोगार्थ धनकुटा नगरपालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । हेल्थ साइन्सका कर्मचारीहरुको २ दिनको तलबबाट कटाईएको ६४ हजार ५ सय रुपैयाँबाट खाद्यान्न सामाग्री खरिद गरी नगरपालिकालाई प्रदान गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई मंगलबार हेल्थ साइन्सका प्रमुख रामनारायण रामाले चामल, दाल, नुन, तेल, साबुन लगायत साम...
बेलबारीका कृषकलाई धानको बीउ वितरण

बेलबारीका कृषकलाई धानको बीउ वितरण

मोरङ । मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । लकडाउनको समयमा ९ हजार ७ सय ४५ किलो धानको बीउ वितरण गरिएको हो । कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । ‘चार सय कृषकलाई धानको बीउ बाढेका छौ ।’ मेयर सुवेदीले भने ‘ बीउ बिजन अभाव भएकै कारणले कृषकले खेतवारी बाँझै राख्नु नपरोस भनेर बीउ बितरण गरेका हौं ।’ खेतिमा आश्रीत कृषकलाई राध...
धनकुटामा भारत बिरुद्ध प्रदर्शन, प्रहरी–प्रदर्शनकारीबीच घम्साघम्सी

धनकुटामा भारत बिरुद्ध प्रदर्शन, प्रहरी–प्रदर्शनकारीबीच घम्साघम्सी

धनकुटा । भारतीय विस्तारवाद बिरुद्ध धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानी र मौनाबुधुक बजारमा प्रदर्शन भएको छ । नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववियू र युवा संगठन राष्ट्रिय युवा संघले सीमा अतिक्रमणको बिरोध गर्दै भारतीय विस्तारवाद बिरुद्ध सोमबार प्रदर्शन गरेका हुन् । दर्जनौंको संख्यामा भेला भएका युवाहरुले भारतीय विस्तारवाद मुर्दावाद, गो व्याक ईण्डिया, सीमा मिच्न पाईदैन, राष्ट्रिय स्वाभिमान प...
खोटाङका भुजेल जंगलमा मृत भेटिए

खोटाङका भुजेल जंगलमा मृत भेटिए

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–७ का पदमबहादुर भुजेल सोमबार मृत भेटिएका छन् । स्थानीय मतकेना सामुदायिक बनमा ५५ बर्षीय भुजेलको शव फेला परेको हो । उनी गत बिहिबार खेतमा जाँन भनेर घरबाट निश्किएका थिए । तर, घर फर्किएर नआएपछि खोजी गर्ने क्रममा बिहान बनमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । बाटो भन्दा करिव २ सय मिटर तल उनको शव फेला परेको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।...
इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–१६ का ३५ बर्षीय बिष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ७ बजे घर छेउको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा चौधरीको मृत्यु भएको हो । माछालाई लगाएको करेन्ट आफैलाई लाग्दा चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
संखुवासभाकी महिलामा देखियो आरडीटी पोजिटिभ

संखुवासभाकी महिलामा देखियो आरडीटी पोजिटिभ

संखुवासभा । संखुवासभाकी एक महिलाको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ । चैनपुर नगरपालिका–१ नुनढाकीकी ३० बर्षीय महिलाको आरडीटी गर्दा एन्टिबडी पोजिटिभ देखिएको हो । आरडीटीमा पोजिटिभ रिपोर्ट आएपछि ती महिलाको स्वाब संकलन गरी परीक्षणका लागि बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशाला पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आरडीटी पोजिटिभ देखिएपनि स्वाब परीक्षण रिपोर्टपछि मात्र उनमा कोरोना संक्रमण भए/...
error: Content is protected !!