संगालोखबर सम्वाददाता

बिराटनगर । उदयपुरका थप एक जनामा कोरोना संक्रमण देखिएको छ । कोशी अस्पताल बिराटनगरमा गरिएको स्वाब परीक्षणका क्रममा उदयपुरको भुल्केकी ४३ बर्षीया महिलामा संक्रमण देखिएको हो ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ बजे संक्रमितको बिवरण अध्यावधिक गर्दै संक्रमणको पुष्टि गरेको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ । जसमध्ये ३१ जना निको भएर घर फर्किएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!