
सुनसरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–१६ का ३५ बर्षीय बिष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ७ बजे घर छेउको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा चौधरीको मृत्यु भएको हो ।
माछालाई लगाएको करेन्ट आफैलाई लाग्दा चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।