संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा जिल्ला बाहिरबाट आएका मजदुरहरुको शनिवार कोरोना परीक्षण गरिएको छ । धनकुटा–हिले सडक खण्डमा काम गर्दै आएका १७ जना मजदुरको र्यापिड डाइग्नोष्ट्रिक टेष्ट (आरडीटी) गरिएको होे । परीक्षणका क्रममा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले बताए ।

Advertisement

सडक मर्मतको काम गर्न उदयपुर, सप्तरी लगायत जिल्लाबाट आएका मजदुरहरुलाई परीक्षण गरिएको हो । मजदुरहरु बिभिन्न जिल्लाबाट आएको हुँनाले कोरोनाको संभावित जोखिमलाई ध्यान दिदै उद्योग बाणिज्य संघको समन्वयमा उनीहरुलाई आरडीटी परीक्षण गरिएको संघका अध्यक्ष बिजय सन्तोषी राईले जानकारी दिए ।

धनकुटामा हालसम्म पीसीआर र आरडीटी बिधिबाट २ सय २५ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!