संगालोखबर सम्वाददाता

बिराटनगर । दलितहरुमाथि हिंसा बढेको भन्दै प्रदेश १ का दलित अगुवाहरुले आपत्ति जनाएका छन् । मोरङको मिक्लाजुङमा दलित बालिका बलात्कृत र पोखरामा जातिय बिभेद भएको भन्दै बिभिन्न संघ–संस्था सम्बद्ध ५१ जना दलित अगुवाहरुले सामुहिक प्रेस बिज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् ।

Advertisement

उनीहरुले बलात्कार र जातीय बिभेदको घटनामा संलग्नलाई कारबाही गरी पीडितलाई न्याय दिलाउँन मागसमेत गरेका छन् । बैशाख १९ गते मोरङको मिक्लाजुङमा दलित समुदायकी १४ बर्षीया बालिका बलात्कृत भएकी थिईन् । घटनामा संलग्न व्यक्ति फरार छन् ।

यता, गौराखोरमा रहेको काजकिरिया गर्ने सार्वजनिक भवनमा भाईको काजकिरिया गर्न नदिएको भन्दै पोखराका मोहनकुमार सुनारले तीन जनालाई बिपक्षी बनाएर प्रहरीमा उजुरी दिएका थिए । मुद्दा दर्तापछि सुनारको घर घेर्ने, धम्की दिने र मानसिक तनाब दिने काम भइरहेको भन्दै दलित अगुवाहरुले घटनाको भत्सना गरेका छन् ।

पोखराको घटनाका बिषयमा प्रदेश सभा सदस्य एवम् नेकपाका कास्की अध्यक्षसमेत रहेका कृष्णबहादुर थापाले घटनालाई जातीयकरण गरेको भन्दै विज्ञप्ति जारी गर्नुले सिंगो दलित समुदायमाथि नै धावा बोलेको विज्ञप्तिमा उल्लेख छ ।

दलित अगुवाहरुले दुबै घटनामा संलग्नलाई तत्काल कारबाहीका लागि दवाव स्वरुप सामुहिक बिज्ञप्ति जारी गरेर ध्यानाकर्षण गराएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!