
संखुवासभा । जंगली च्याउ खाँदा बिरामी भएकी संखुवासभाकी एक महिलाको आईतबार मृत्यु भएको छ । जंगलबाट ल्याएको च्याउ खाएर बिरामी भएपछि उपचारका लागि बिराटनगर लगिएकी सभापोखरी–२ गोठगाउँकी २४ वर्षीय अनिता राईको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै संखुवासभामा जंगली च्याउ खादा मृत्यु हुनेको संख्या दुई पुगेको छ । केहि दिन अघि पनि जंगली च्याउ खाँदा बिरामी परेकी महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । दुवै मृतक छिमेकी हुन् । गत २० गते शनिबार जंगली च्याउ खाएर तीन परिवारका १० जना बिरामी परेका थिए । बिरामी भएका १० जना मध्ये एक जनाको २६ गते मृत्यु भएको थियो ।
च्याउ खाएपछि बिरामी परेकी अनिताको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिराट नर्सिङ होम पुयाईएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाएर बिरामी परेका वाँकी ८ जना भने उपचारपछि घर फर्किएका छन् ।