धनकुटा । धनकुटा नगरपालिका–५ बालमन्दिर स्थित बोधारे सामुदायिक वनमा शनिवार डढेलो लागेको छ । अपरान्ह करिव ४ बजे सुरु भएको डढेलो एक घण्टा पछि नियन्त्रणमा आएको छ ।
बनमा डढेलो फैलदा जलाधार आसपासका दर्जनौं घरहरु जोखिममा थिए । तर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको प्रयासमा करिव ५ बजे आगो नियन्त्रण भएको हो ।