धनकुटाको हिलेमा पानीको ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

धनकुटाको हिलेमा पानीको ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

धनकुटा । धनकुटाको हिलेमा पानीको ट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । आईतबार साँझ ५ बजे घरमै रहेको पानीको ट्याङ्कीमा डुब्दा धनकुटा नगरपालिका–१ हिले स्थित तितुङ टोलका राजिब तितुङकी १८ महिने छोरी सिर्जनाको मृत्यु भएको हो । खेल्ने क्रममा पानीको ट्याङ्की भित्र खसेर डुब्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएस्पी ध्रुवकुमार श्रेष्ठले संगालोखबरलाई जान...
पाख्रीवास नगरपालिकाको जीप दुर्घटना

पाख्रीवास नगरपालिकाको जीप दुर्घटना

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–३ कृषि फर्म नजिक जीप दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । पाख्रीवास नगरपालिका कार्यालयको को.१ झ.६६४ नम्बरको जीप गएराती करिव साँढे ८ बजे हिले–पाख्रीवास सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परी जीप चालक पाख्रीवास नगरपालिका–३ का ३३ बर्षीय मनोज कुमार राई र जीपमा सवार भोजपुरको गोगने घर भई पाख्रीवास–४ मा बस्दै आएका १४ बर्षीय सुदिप परियार घाईते भएका छन् । ...
राहतका लागि ५१ हजार प्रदान

राहतका लागि ५१ हजार प्रदान

धनकुटा । वितरक संघ हिलेले लकडाउन प्रभावितलाई राहत वितरणका लागि धनकुटा नगरपालिकालाई ५१ हजार रकम हस्तान्तरण गरेको छ । कोरोना भाईरस रोकथामका लागि गरिएको लकडाउनका कारण संकट बेहोर्दै आएका नगरबासीहरुलाई सहयोगार्थ रकम प्रदान गरिएको हो । वितरक संघ हिलेका अध्यक्ष कृष्णराज श्रेष्ठसहितको टोलीले संघको तर्फबाट धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङलाई चेक हस्तान्तरण गर्यो । सो अवसरमा मेयर तामाङले निजी क्षे...
संखुवासभामा जंगली च्याउ खाँदा ६ जना बिरामी

संखुवासभामा जंगली च्याउ खाँदा ६ जना बिरामी

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–२ मा जंगली च्याउ खादा ६ जना बिरामी भएका छन् । जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाँदा सभापोखरीका दुई परिवारका ६ जना बिरामी भएका हुन् । स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट च्याउ टिपेर ल्याएका थिए । शनिवार बेलुका च्याउको तरकारी बनाएर खाँदा सन्देशसहित उनकी श्रीमती २४ बर्षीया मनिला राई र छोरी ३ बर्षीया सुपी राई बिरामी भएका छन् । त्यस्तै छिमेकी २५ ब...
फ्रिजबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

फ्रिजबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

झापा । झापामा फ्रिजबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर बुद्धशान्ति गाउँपालिका–१ का ४२ बर्षीय पदमलाल गड्तौलाको मृत्यु भएको हो । शनिवार बेलुका साँढे ७ बजे घरमा फ्रिजको तार सर्ट भई करेन्ट लाग्दा गड्तौला गंभीर घाईते भएका थिए । उपचारका लागि बि.एण्ड.सी. अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।
तमोर नदीमा बेपत्ता भएका युवकको शव १० दिनपछि फेला

तमोर नदीमा बेपत्ता भएका युवकको शव १० दिनपछि फेला

ताप्लेजुङ । दश दिन अघि तमोर नदीमा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । बैशाख १० गते तमोर नदीमा माछा मार्न गएका आठराई त्रिवेणी गाउँपालिका–२ का १७ बर्षीय मनोज काम्बाङको शव भेटिएको हो । उनी बेपत्ता भएपछि आफन्त र प्रहरीले खोजी जारी राखेका थिए । खोजतलासकै क्रममा शनिवार बेलुका साँढे ६ बजे तेह्रथुमको आठराई गाउँपालिका–२ स्थित ईवा र आठराई गाउँपालिका–३ ह्याकुको सिमानामा पर्ने हिउदिया दोभानमा उनको शव ...
कोरोना संक्रमित क्षेत्रबाट आएका बिरामीलाई रेफर गर्नु जायज : चिकित्सक संघ

कोरोना संक्रमित क्षेत्रबाट आएका बिरामीलाई रेफर गर्नु जायज : चिकित्सक संघ

मोरङ । नेपाल चिकित्सक संघले उदयपुरबाट आएका बिरामीलाई नोबेल शिक्षण अस्पतालले कोशी अस्पताल रेफर गर्नु जायज भएको तर्क गरेको छ । चिकित्सक संघ कोशी अञ्चल शाखाले शनिवार प्रेस बिज्ञप्ति जारी गर्दै कोरोनाको संक्रमण फैलिएको जिल्ला उदयपुरबाट आएका बिरामीलाई परीक्षण केन्द्र कोशी अस्पताल पठाउँनु विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार जायज भएको तर्क गरेको हो । उदयपुरबाट आएका बिरामीलाई नोबेल शिक्षण अस्पतालले...
धनकुटा नगरमा मजदुरलाई राहतका लागि मिलाइयो दैनिक रोजगारीको व्यवस्था

धनकुटा नगरमा मजदुरलाई राहतका लागि मिलाइयो दैनिक रोजगारीको व्यवस्था

धनकुटा । धनकुटा नगरपालिकाले मजदुरहरुलाई राहतका लागि दैनिक रोजगारीको व्यवस्था मिलाएको छ । लकडाउन प्रभावित मजदुरहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सामाजिक दुरी कायम गर्दै काममा परिचालन गरिएको हो । लकडाउनका कारण आर्थिक संकट बेहोर्दै आएका मजदुरहरुलाई रोजगारी उपलब्ध गराएर सहज वातावरण निर्माण गर्न विकास निर्माणको काममा परिचालन गरिएको नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘मजदुरहरु...
फुङलिङ बजारमा आगलागी हुँदा सात घर र पाँच घुम्ती जलेर नष्ट, ६ घण्टा पछि आगो नियन्त्रण

फुङलिङ बजारमा आगलागी हुँदा सात घर र पाँच घुम्ती जलेर नष्ट, ६ घण्टा पछि आगो नियन्त्रण

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा गएराती आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । आगलागीमा परी फुङलिङ नगरपालिका–५ स्थित ट्याक्सी स्टेण्ड छेउका सात घर र पाँच वटा घुम्ती जलेर नष्ट भएका हुन् । गएराती साँढे १० बजे स्थानीय भट्टराई होटलबाट सुरु भएको आगोले आसपासका घरमा क्षति पुर्याएको हो । देवी भट्टराईको घरमा रहेको होटलबाट सुरु भएको आगोले भट्टराईको घरसहित छिमेकी नेत्र कार्की, खेम के.सी., खड...
ताप्लेजुङको फुङलिन बजारमा भीषण आगलागी, सात घर जलेर नष्ट, आगो अनियन्त्रित

ताप्लेजुङको फुङलिन बजारमा भीषण आगलागी, सात घर जलेर नष्ट, आगो अनियन्त्रित

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिन बजारमा भीषण आगलागी भएको छ । शुक्रबार राती करिव साँढे १० बजेबाट आगलागी सुरु भएको हो । यो समाचार तयार पर्दा (राती १२ः३०बजे) सम्म सात वटा घर जलेर नष्ट भईसकेका छन् । आगो अझै नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दमकलको सहायतामा प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । आगो धेरै फैलिएकाले नियन्त्रणमा समस्या भएक...
श्रमिक दिवसमा हिले र सिधुवाका मजदुरलाई स्वास्थ्य सामाग्री प्रदान

श्रमिक दिवसमा हिले र सिधुवाका मजदुरलाई स्वास्थ्य सामाग्री प्रदान

धनकुटा । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार धनकुटाको हिले र सिधुवाका मजदुरलाई स्वास्थ्य तथा सुरक्षित सामाग्री वितरण गरिएको छ । धनकुटा उद्योग बाणिज्य संघले मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित सामाग्री प्रदान गरेको हो । धनकुटाको सिधुवा स्थित निगाले सिमेन्ट उद्योग र हिले स्थित गुरासे टि स्टेटमा कार्यरत मजदुरहरुलाई माक्स, हेण्डवास, पञ्जा र सेनिटाईजर प्रदान गरिएको हो । उद्योग बाणिज्य संघका...
बिराटनगरमा पूर्व कर्मचारीद्वारा राहत हस्तान्तरण

बिराटनगरमा पूर्व कर्मचारीद्वारा राहत हस्तान्तरण

बिराटनगर । सेवानिबृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले कोरोना प्रभावितलाई सहयोगार्थ बिराटनगर महानगरपालिकालाई राहत हस्तान्तरण गरेको छ । एकद्वार प्रणालीमार्फत वितरणका लागि कर्मचारी समाजले महानगरलाई नगद, चामल, दाल, तेल लगायत दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरेको हो । कर्मचारी समाजका केन्द्रिय अध्यक्ष पर्शुराम नेपालसहितका पदाधिकारीले महानगर प्रमुख भीम पराजुलीलाई सामाग्री हस्तान्तरण गरेका हुन् ...
उदयपुरको क्वारेनटाइन भित्रै युवक मृत फेला

उदयपुरको क्वारेनटाइन भित्रै युवक मृत फेला

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवक क्वारेन्टाइनभित्रै मृत भेटिएका छन् । जनता क्याम्पस राजाबास क्वारेन्टनाइनमा राखिएका १८ वर्षिय सुमन विक झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । प्रेम विवाह गरी काठमाडौं पुगेका विक लकडाउनको समयमा वैशाख ११ गते घर फर्किएपछि श्रीमतिसहित उनलाई क्वारेन्टाइनमा राखिएको थियो । श्रीमतीसँग एउटै कोठामा रहेका उनी सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेट...
इटहरीको ग्यारेजमा आगलागी, तीन वटा कार जलेर नष्ट

इटहरीको ग्यारेजमा आगलागी, तीन वटा कार जलेर नष्ट

सुनसरी । सुनसरी इटहरी–९ ओसेनपार्क स्थित प्रमोद मोटर्स ग्यारेजमा आगलागी भएको छ । ग्यारेजमा गएराती आगलागी हुँदा ग्यारेज भित्र रहेका तीन वटा कार जलेर नष्ट भएका छन् । ग्यारेजमा बनाउन राखिएका बा.२ च.३८७८, को.२ च.८८०३ र को.२ झ.१४२९ नम्बरको कार आगलागीमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । ग्यारेजमा आगो लाग्दा तीन वटै कारमा आगो सल्किएको हो । दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले आ...
स्वास्थ्य मन्त्रीलाई तामाङको पत्र: औषधि नपाएर म मर्ने भए, अरुलाई बचाईदिनुस्

स्वास्थ्य मन्त्रीलाई तामाङको पत्र: औषधि नपाएर म मर्ने भए, अरुलाई बचाईदिनुस्

धनकुटा । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न देशभर गरिएको लकडाउनले अधिकांस क्षेत्र प्रभावित छन् । यसको असर अत्यावश्यक क्षेत्रमा पनि देखिन थालेको छ । लकडाउनकै कारण औषधि खान नपाउँदा मृत्युको मुखमा पुगेको भन्दै धनकुटाका हेमोफिलिया रोगपीडित बिरामी पुष्पलाल तामाङले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई खुल्ला पत्र लेखेका छन् । ‘दश दिनदेखि मेरो पिसाबाट रक्तश्राव भईरहेको छ । लकडाउनका कारण औषधि नपाउँदा म छ...
धनकुटाबाट कोरोना परीक्षण गर्न पठाइएका चारै जनाको रिपोर्ट नेगेटिभ

धनकुटाबाट कोरोना परीक्षण गर्न पठाइएका चारै जनाको रिपोर्ट नेगेटिभ

धनकुटा । कोरोना परीक्षणका लागि ‘स्वाब’ पठाइएका धनकुटाका चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा धनकुटाका चारै जनामा कोरोनाको संक्रमण नदेखिएको हो । भोजपुरका कोरोना संक्रमित युवाको सम्पर्कमा पुगेका सहिदभूमी घर भएका उनका दिदी भिनाजुसहित विदेशबाट आएका सहिदभूमीका एक र धनकुटा नगरपालिकाका एक युवाको ‘स्वाब’ परीक्षणका लागि धरान पठाइएको थियो । ...
बेलबारीमा मोटरसाईकल रुखमा ठोक्किदा एक जनाको मृत्यु

बेलबारीमा मोटरसाईकल रुखमा ठोक्किदा एक जनाको मृत्यु

मोरङ । मोरङको बेलवारी नगरपालिका–८ राधानगरमा गएराती रुखमा ठोक्किएर मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते छन् । बुधवार राती सवा ११ बजे राधानगरको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को.२८ प.७४५४ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई रूखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक स्थानीय २१ बर्षीय सौजन कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ...
बिराटनगरमा टायर पड्किदा एक जनाको घटनास्थलमै मृत्यु

बिराटनगरमा टायर पड्किदा एक जनाको घटनास्थलमै मृत्यु

बिराटनगर । बिराटनगर महानगरपालिका–१३ मा टायर पड्किदा आज दिउँसो एक जनाको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल नजिक सडक छेउमा रहेको टायर मर्मत गर्ने पसलमा दिउँसो करिव २ बजे टायर मर्मत गरेर हावा भर्ने क्रममा पड्किदा भारतको समस्तिपुर घर भएका २५ बर्षीय मोहमद हैदरको मृत्यु भएको हो । गाडीको बिग्रिएको टायर मर्मत गरेर हावा भर्ने क्रममा पड्किएर टायर भित्रको फलामको ढिक्काले टाउकोमा लाग्दा उनको घटनास्थलमै ...
धनकुटेलीलाई लिन काठमाडौं हिडेको गाडी बाटोबाटै फर्कियो, समयमा पहल नहुँदा समस्या

धनकुटेलीलाई लिन काठमाडौं हिडेको गाडी बाटोबाटै फर्कियो, समयमा पहल नहुँदा समस्या

धनकुटा । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई लिन पठाईएको गाडी रित्तै फर्किएको छ । स्थानीय तहसँगको समन्वयमा जिल्लाबासीलाई ल्याउँन धनकुटाबाट काठमाडौं पठाइएको गाडी बाटोबाटै रित्तै फर्किएको हो । जिल्ला प्रशासनको पासबिना आवतजावत गर्न नदिने भनेर कडाई गरिएपछि गाडी फर्काइएको बस व्यवसायी बिष्णु दाहालले बताए । काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई ल्याउँन ४ वटा बस पठाइएको थियो । तर, बस इटहरीम...
धनकुटामा निषेधाज्ञाको म्याद थप, उल्लंघन गर्नेलाई छ महिनासम्म कैद

धनकुटामा निषेधाज्ञाको म्याद थप, उल्लंघन गर्नेलाई छ महिनासम्म कैद

धनकुटा । धनकुटामा निषेधाज्ञाको म्याद थपिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञाको म्याद १० दिन थप गरेर बैशाख २५ गतेसम्म पुर्याएको हो । प्रमुख जिल्ला अधिकारी केशब प्रसाद बिमलीले निषेधाज्ञाको सूचना जारी गर्दै अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन जिल्लाबासीलाई आग्रह गरेका छन् । निषेधाज्ञा उल्लंघन गरेमा एक महिनादेखि छ महिनासम्म कैद वा एक सयदेखि ६ सयसम्म जरिवाना वा दुबै सजाय...
काठमाडौंमा अलपत्र परेका एक सय जनालाई धनकुटा ल्याइयो, अरुलाई ल्याउँन समस्या

काठमाडौंमा अलपत्र परेका एक सय जनालाई धनकुटा ल्याइयो, अरुलाई ल्याउँन समस्या

धनकुटा । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका १ सय ४ जना धनकुटेलीलाई उद्धार गरेर जिल्ला ल्याइएको छ । धनकुटा नगर क्षेत्रका उनीहरुलाई दुईवटा बसमा राखेर जिल्ला ल्याइएको हो । हिजो बेलुका काठमाडौंबाट छुटेका बस आज अपरान्ह करिव ४ बजे जिल्ला सदरमुकाम आइपुगेका छन् । स्थानीय तहसँगको समन्वयमा उनीहरुलाई उद्धार गरेर घर फर्काइएको हो । सबैको गाडीभाडा नगरपालिकाले बेहोर्ने मेयर चिन्तन तामाङले जानकारी दिए । ‘प्...
झापामा चट्याङ पर्दा आगो लाग्यो, मिलसहित तीन घर जलेर नष्ट

झापामा चट्याङ पर्दा आगो लाग्यो, मिलसहित तीन घर जलेर नष्ट

झापा । झापामा चट्याङ पर्दा बिधुत सर्ट भई आगलागी भएको छ । झापा गाउँपालिका–३ सिमलवारीमा चट्याङका कारण आगलागी हुँदा धानमिलसहित तीन घर जलेर नष्ट भएका हुन् । चट्याङ पर्दा बिधुत सर्ट भई सिमलवारीका लालप्रसाद राजवंशीले सञ्चालन गरेको धानमिलबाट आगलागी सुरु भएको हो । आगलागीका कारण मिल नजिकै रहेको प्रल्हाद मण्डलको २ वटा कच्ची घरसमेत जलेर नष्ट भएका छन् । दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रण...
काठमाडौंमा अलपत्र परेका तीन सय भन्दा बढीलाई बेलबारी ल्याइयो

काठमाडौंमा अलपत्र परेका तीन सय भन्दा बढीलाई बेलबारी ल्याइयो

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले काठमाडौंमा अलपत्र परेका तीन सय भन्दा वढी नगरबासीलाई उद्धार गरेर घर फर्काएको छ । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका ३ सय १५ जनालाई घर फर्काइएको हो । काठमाडौंबाट ५ वटा बसमा राखेर उनीहरुलाई निःशुल्क रुपमा घर पुर्याउँने व्यवस्था मिलाइएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । बिद्यार्थी, मजदुर तथा विभिन्न कामले काठमाडौं गएर लकडाउनमा रोकिएर अलपत्...
प्रदेश १ कोरोना अपडेट : ५८ सयको परीक्षण, दुई हजार क्वारेनटाइनमा

प्रदेश १ कोरोना अपडेट : ५८ सयको परीक्षण, दुई हजार क्वारेनटाइनमा

विराटनगर । प्रदेश १ मा सोमबारसम्म ५ हजार ८ सय ९ जनाको कोरोना परीक्षण गरिएको छ । द्रूत परीक्षण विधि (आरडीटी) बाट ४ हजार ८ सय २८ जना र ल्याबमा ‘स्वाब’ ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट ९ सय ८१ जनाको परीक्षण भएको छ । जसमध्ये प्रदेश १ मा ३१ जनालाई कोरोना संक्रमण देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेनटाइन स्थलमा बस्...
ताप्लेजुङमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

ताप्लेजुङमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको श्रीजंगा गाउँपालिका–२ मा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सह–चालक घाइते भएका छन् । खादिम्बेतर्फ खाद्यान्न लिन जाँदै गरेको प्रदेश १–०१–००१ त.८२४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक पाँचथरको हिलिहाङ गाउँपालिकाका २२ बर्षीय निर्मल लामिछानेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर...
सुन्दरहरैंचाका मेयर ढकाललाई मातृ शोक

सुन्दरहरैंचाका मेयर ढकाललाई मातृ शोक

बिराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाललाई मातृ शोक परेको छ । ढकालकी आमा इन्द्रकुमारीको ७९ बर्षको उमेरमा आज बिहान निधन भएको हो । बिहान ३ः२५ बजे आमाको निधन भएको मेयर ढकालले पुष्टि गरेका छन् । आमाको पार्थिव शरिरलाई इटहरी स्थित मृक्ति घाटमा बिहान ८ बजे अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ । मेयर ढकाल सात सन्तानकी आमा इन्द्रकुमारीका माइला छोरा हुन् ।
धनकुटामा राँगाले मच्चायो आतंक: आक्रमणबाट बृद्ध घाइते, नियन्त्रणमा लिन प्रहरी परिचालन

धनकुटामा राँगाले मच्चायो आतंक: आक्रमणबाट बृद्ध घाइते, नियन्त्रणमा लिन प्रहरी परिचालन

धनकुटा । धनकुटा बजारमा आइतबार राँगाले हानेर एक बृद्ध घाईते भएका छन् । राँगाको आक्रमणबाट चौबिसे गाउँपालिका–३ सोगुमका ८९ वर्षिया खड्गवहादुर सुर्जे मगर घाइते भएका हुन् । लकडाउनको समयमा गाउँबाट वजार ल्याउने क्रममा उम्किएको राँगाले धनकुटा–७ स्थित त्रिवेणी चौक नजिक मगरलाई आक्रमण गरेको थियो । राँगाले हानेर घाईते भएका मगरको धनकुटा जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । धनकुटा–७ डाँडागाउँ स्...
धनकुटामा कोरोना संक्रमितका आफन्तको ‘स्वाब’ संकलन, परीक्षणका लागि धरान लगिने

धनकुटामा कोरोना संक्रमितका आफन्तको ‘स्वाब’ संकलन, परीक्षणका लागि धरान लगिने

धनकुटा । भोजपुरको हतुवागढी गाउँपालिकाका कोरोना संक्रमित युवाको सम्पर्कमा पुगेका उनका आफन्तको धनकुटामा ‘स्वाब’ संकलन गरिएको छ । धनकुटाको सहिदभूमी गाउँपालिकामा रहेका संक्रमित युवाका दिदी र भिनाजुमा कोरोना संक्रमण परीक्षणका लागि आइतबार ‘स्वाब’ लिइएको हो । ‘स्वाब’ परीक्षणका लागि सोमबार धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाई...
झापाका अर्का व्यक्तिमा पनि देखियो कोरोना, संक्रमितको संख्या ५२ पुग्यो

झापाका अर्का व्यक्तिमा पनि देखियो कोरोना, संक्रमितको संख्या ५२ पुग्यो

बिराटनगर । झापाका अर्का व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगर स्थित कोशी अस्पतालमा आइतबार गरिएको पीसीआर परीक्षणका क्रममा झापाका ५० बर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केहि दिन अघि झापाका एक व्यक्तिमा कोरोना भेटिएको थियो । बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा उनको उपचार भइरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेक...
भोजपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

भोजपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

भोजपुर । भोजपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय भीरबाट लड्दा पौवादुम्मा–४ कात्तिकेका ५४ बर्षीय बलबहादुर कार्कीको मृत्यु भएको हो । खेतबाट पराल लिएर घर आउँने क्रममा कार्की भीरबाट खसेका हुन् । परालको भारी बिसाउँने क्रममा भीरबाट लड्दा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भीरबाट करिव ३५ मिटर तल झरेर बजारिदा उनको घटनास्थलमै मृत्यु भएको हो । हिजो घटना भ...
काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई जिल्ला ल्याइने, अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने

काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई जिल्ला ल्याइने, अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने

धनकुटा । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका करिव ६ सय धनकुटेलीलाई जिल्ला ल्याइने भएको छ । जिल्लाका सात वटै पालिकासँग समन्वय गरी १४ दिन अनिवार्य क्वारेनटाइन बस्ने सर्तमा उनीहरुलाई धनकुटा ल्याउँन लागिएको हो । अब केहि दिनभित्रै उनीहरुलाई धनकुटा ल्याउने तयारी भइरहेको जिल्लाको प्रतिनिधित्व गर्ने संघीय सांसद राजेन्द्र राईले संगालोखबरलाई जानकारी दिए । ‘काठमाडौंमा अलपत्र परेका बिरामी, मजदुर, बिद्यार...
error: Content is protected !!