झापाको सीमा क्षेत्रमा तनाब बढेपछि प्रहरीद्वारा हवाई फायर
झापा । झापाको झापा गाउँपालिका–४ स्थित नेपाल–भारत सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि प्रहरीले हवाईफायर गरेको छ । जङे पिलर १३१ नम्वर आसपासको सुरक्षा प्रहरी पोस्ट क्षेत्रमा हवाई फायर गरिएको हो ।
अज्ञात भारतीय समुहबाट हुल हुज्जतसहित नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि दुई राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयबासीका अनुसार सो घटनाअघि...































