संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ नहरचोकबाट ठुलो परिमाणमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले लागुऔषध बिक्रि गर्ने एक जना र खरिद गर्ने दुई जनालाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध बिक्रि गर्ने भोक्राहा नरसिंह गाउँपलिका–३ का राजकुमार मण्डल, लागुऔषध किन्न आएका धरान उप–महानरपालिका–८ का २७ बर्षीय अजय श्रेष्ठ र धरान उप–महानरपालिका–५ का २८ बर्षीय अर्जुन कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । मण्डलको साथबाट ३ हजार ८ सय ४० क्याप्सुल ट्रोमाडोल र ४ बोतल डाईलक्स डि.सी. तथा १६ हजार ७ सय नगद बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

प्रदेश १–०२–०४०–प.५३२७ नम्वरको मोटरसाईकलमा सवार रहेका मण्डल नहरचोकबाट लागुऔषधसहित पक्राउ परेका हुन् । त्यस्तै को.२२ प.७३५३ नम्बरको मोटरसाईकलमा चढेर लागुऔषध किन्न आएका श्रेष्ठ र कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । श्रेष्ठ र कार्कीको साथबाट प्रहरीले ५७ हजार ५ सय नगद बरामद गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!