- संगालोखबर सम्वाददाता
फाईल तस्वीर

सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सत्तेरझोडास्थित कच्ची सडकमा उत्तरबाट दक्षिणतर्फ ईट्टा बोकेर जाँदै गरेको को.१ त.९६८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रवार दिउँसो साँढे २ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्टर चालक दुहवी नगरपालिका–११ का २४ बर्षीय फुलचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

Advertisement

दुर्घटनामा परी ट्याक्टरका सह–चालक २३ बर्षीय संजय पासवान घाईते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!