झापा । बिहिबार बिहान झापाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको कचनकवल गाउँपालिका–३, ६ र ८ मा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यसअघि बुधबार झापाका ५ सहित धनकुटा र धरानका एक/एक जनामा संक्रमण पुष्टि भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । संक्रमित मध्ये ४५ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।
यो पनि…