- संगालोखबर सम्वाददाता

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले गरिब तथा असहायलाई निःशुल्क घर निर्माण गर्ने अभियान चलाएको छ । गरिब तथा असहायलाई आश्रयको व्यवस्था मिलाउँन नगरपालिकाले घर निर्माण अभियान चलाएको हो ।

बडा नं.११ मा ४० घर निर्माण गरिरहेको नगरपालिकाले अब वडा नं.३ मा पनि घर निर्माण थाल्ने भएको छ । वडा नम्बर ३ मा ४० वटा घर निर्माणका लागि शुक्रबार नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले घरहरुको शिलान्यास गरेका छन् । सो क्रममा बोल्दै मेयर सुवेदीले गरिव, असाय, एकल, दलित तथा पिछडा वर्गलाई आश्रयका लागि निःशुल्क घर निर्माणको अभियान चलाईएको बताए ।

सहारा नेपाल ह्याविटेड नेपालसँगको सहकार्यमा नगरपालिकाले घर निर्माण गर्न थालेको हो । प्रत्येक घर ३ लाख मुल्य बराबरको लागतमा निर्माण गरिनेछ । घर बनाउँन नगरपालिकाले प्रतिघर १ लाख ५० हजार दिने गरेको छ । त्यस्तै सहारा नेपाल ह्याविटेड नेपालको १ लाख र स्थानीयको ५० हजार बराबरको श्रमदानबाट घर निर्माण गरिनेछ । बेलबारी ११ मा ४० वटा घर निर्माणको काम भईरहेको छ ।

झुपडीमा जिविका चलाउँदै आएका गरिब, बिपन्न परिवारहरु अब नयाँ घरमा बस्न पाउँने भएपछि दंग परेका छन् । घर बन्न थालेपछि उनीहरुमा खुशीयाली छाएको छ । चालु आर्थिक बर्षमा एक सय वटा घर निर्माण गर्ने योजना अघि सारेको बेलबारी नगरपालिकाले अब ४ नम्बर वडामा पनि २० वटा घर चाडै निर्माण गर्ने तयारी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!