
भोजपुर । दुधकोशी नदीले बगाउँदा भोजपुरमा एक जनाको मृत्यु भएको छ । नदीले बगाउँदा भोजपुरको आमचोक गाउँपालिका–९ माझखानीका २१ बर्षीय अशोक श्रेष्ठको मृत्यु भएको हो ।
बुधवार बिहान ११ बजे दुधकोशी नदीमा पौडी खेल्न गएका श्रेष्ठ नदीमा बेपत्ता भएका थिए । साँझ साँढे ५ बजे गोजेपाथर बगरमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
शव भेटिएको स्थानीयबासीले जानकारी दिएपछि ईलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी बालाङखाबाट प्रहरी टोली घटनास्थल गएको थियो ।