बिराटनगर । बुधबार साँझ धनकुटा, धरान र झापाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाका १ जना, धरानका १ जना र झापाका ५ जनामा संक्रमण पुष्टि भएको प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।
योसँगै प्रदेश नं.१ मा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ । २६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रदेश १ का १४ जिल्ला मध्ये ७ जिल्लामा संक्रमित फेला परिसकेका छन् ।
उदयपुर, झापा, भोजपुर, सुनसरी, खोटाङ, धनकुटा र मोरङमा कोरोनाको संक्रमण भेटिएको छ ।