संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ बाट ठुलो परिमाणमा लागुऔषधसहित १ जना पक्राउ परेका छन् ।

Advertisement

आज बिहान साँढे ४ बजे ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका–१ लब्टोलियाबाट हरिनगरा–७ का २१ बर्षीय भोला भनिने नरेश कुमार यादवलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको साथबाट प्रहरीले अवैध लागुऔषध नुफिन–५८० एम्पुल, डाईजेल्याब–५६० एम्पुल र फेनारगन–५६० एम्पुल गरी १७०० एम्पुल बरामद गरेको छ ।

यादवको लागुऔषध कारोबारका बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!