- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा भेटिएका कोरोना संक्रमितहरुको सम्पर्कमा पुगेका ८४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । बिराटनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।

Advertisement

यसअघि धनकुटाका सात जनामा कोरोना संक्रमण पुष्टि भएका कारण उनीहरुको सम्पर्कमा पुगेका बिरामी, बिरामीका कुरुवा, सुरक्षाकर्मी तथा जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको बिहिबार स्वाब संकलन गरिएको थियो । शुक्रबार बिराटनगर पठाईएको स्वाबको आईतबार बिहान रिपोर्ट आएको हो । परीक्षण गरिएका ८४ जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका सूचना अधिकारी राजन पोखरेलले संगालोखबरलाई जानकारी दिए ।

यसअघि गत आईतबार बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पाँच जनाको पीसीआर परीक्षण गर्दा धनकुटामा पहिलो पटक स्वास्थ्यकर्मी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा पुगेका ६७ जनाको मंगलबार पीसीआर परीक्षण गर्दा थप पाँच जना र बुधबार १६ जनाको परीक्षण गर्दा थप एक जनामा संक्रमण पुष्टि भएको हो ।

धनकुटा जिल्ला अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मी, एक जना स्वास्थ्यकर्मीका आफन्त र जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई जना सुरक्षाकर्मीमा कोरोना संक्रमण भेटिएको छ । हालसम्म धनकुटामा ३४ र २४ बर्षीया स्वास्थ्यकर्मी महिला, २८ र २९ बर्षीय स्वास्थ्यकर्मी पुरुष, स्वास्थ्यकर्मीका ३७ बर्षीय पुरुष आफन्त तथा ३४ र ३५ बर्षीय सुरक्षाकर्मी पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पहिलो पटक संक्रमण देखिएपछि धनकुटामा १ सय ६७ जनाको पीसीआर परीक्षण भईसकेको छ । कन्ट्राक्ट ट्रेसिङको काम भईरहेकाले संक्रमितको सम्पर्कमा पुगेका थप व्यक्तिहरुको पनि स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!