- संगालोखबर सम्वाददाता

धनकुटा । मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएका धनकुटाका पाँच जना संक्रमितलाई आईसोलेशनमा राखिएको छ । संक्रमण पुष्टि भएका चार पुरुष र एक महिलालाई राती नै जिल्ला अस्पतालको आईसोलेशनमा राखिएको हो ।

Advertisement

संक्रमितहरुलाई बुधबार बिराटनगर स्थित कोरोना बिशेष अस्पताल लगिने जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माले संगालोखबरलाई जानकारी दिए । उनले भने–‘संक्रमित सबै जनालाई अहिले जिल्ला अस्पतालको आईसोलेशनमा राखिएको छ । बिहान बिराटनगर पठाउँछौ ।’

धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा धनकुटाका थप तीन स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एक जना स्वास्थ्यकर्मीका आफन्तमा कोरोना संक्रमण पुष्टि भएको हो । २८ र २९ बर्षीय स्वास्थ्यकर्मी पुरुष, २४ बर्षीया स्वास्थकर्मी महिला, ३५ बर्षीय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका ३७ बर्षीय पुरुष आफन्तमा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ ।

योसँगै धनकुटामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । गत आईतबार जिल्ला अस्पतालकै एक स्वास्थ्यकर्मी महिलामा कोरोना पुष्टि भएको थियो । जिल्लामै पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा पुगेका ८३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धरान पठाईएको थियो । जसमध्ये ६७ जनाको स्वाब परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको हो । वाँकी १६ जनाको रिपोर्ट आउँन वाँकी छ ।

यसअघि प्रकाशित समाचार…

धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

 

धनकुटामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र परिवारका सदस्यमा पनि भेटियो कोरोना संक्रमण

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!