संगालोखबर सम्वाददाता


धनकुटा । मंगलबार साँझ धनकुटाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एक जना स्वास्थ्यकर्मीका आफन्तमा कोरोना संक्रमण पुष्टि भएको हो ।

२८ र २९ बर्षीय स्वास्थ्यकर्मी पुरुष, २४ बर्षीया स्वास्थकर्मी महिला, ३५ बर्षीय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका ३७ बर्षीय पुरुष आफन्तमा संक्रमण पुष्टि भएको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा मंगलबार साँझ उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

Advertisement

जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा आईतबार कोरोनाको संक्रमण भेटिएपछि उनको सम्पर्कमा पुगेका ८३ जनाको सोमबार स्वाब संकलन गरी धरान पठाईएको थियो । संक्रमित स्वास्थ्यकर्मीबाट अरुमा पनि संक्रमण फैलिएको हुनसक्ने आशंकामा अस्पतालमा उपचाररत बिरामी, कुरुवा, सुरक्षाकर्मी र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा उनीहरुको परिवारका सदस्यको स्वाब परीक्षणका लागि पठाईएको थियो ।

पठाईएका मध्ये ६७ स्वाबको परीक्षण गर्दा पाँच जनामा संक्रमण भेटिएको हो । धनकुटाका बाँकी १६ जनाको स्वाब परीक्षण भईरहको छ । बुधबार बिहानसम्ममा उनीहरुको रिपोर्ट आउँने वीपी कोईराला स्वास्थ्य प्रतिष्ठान स्रोतले जनाएको छ । योसँगै धनकुटामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

Update News…

धनकुटामा थपिएका पाँच कोरोना संक्रमित आईसोलेशनमा, बुधबार बिराटनगर लगिने

 

यसअघि प्रकाशित समाचार…

धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!