- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाका एम्बुलेन्स चालकहरुले स्वास्थ्य सुरक्षा सामाग्री नभएका कारण सेवा प्रवाहमा समस्या भएको गुनासो गरेका छन् । स्तरीय पीपीई लगायत स्वास्थ्य सुरक्षा सामाग्री नहुँदा जोखिम मोलेर बिरामीलाई अस्पताल पुर्याउँनु परेको उनीहरुको गुनासो छ ।

Advertisement

स्तरीय पीपीईको व्यवस्था गर्न र कोरोना परीक्षण गर्ने वातावरण मिलाउँन उनीहरुले माग गरेका छन् । स्तरीय पीपीई लगायत स्वास्थ्य सामाग्री नहुँदा आफु पनि असुरक्षित भएको र अरुलाई पनि संक्रमण फैलने खतरा बढेको एम्बुलेन्स चालक सविन लिम्बु बताउँछन् । ‘हामीलाई बर्खामा ओढ्ने रेनकोट जस्तो पीपीई दिएको छ ।’ गुनासो गर्दै संगालोखबरसँग उनले भने ‘कोरोनाको महामारीका बेला हामी परिवार छोडेर दिनरात सेवामा खटिरहेका छौ । कम्तिमा हामीलाई स्तरीय पीपीई र आरडीटी चेक गर्ने व्यवस्था त मिलाईदिनु पर्यो नि !’

भरपर्दो सुरक्षा सामाग्री नहुँदा पनि जोखिम मोलेर सेवा दिईरहेको उनीहरुको भनाई छ । कोरोना संक्रमितसहित सबै खाले बिरामीलाई अस्पताल पुर्याउँने काममा नियमित खटिदा आरडीटी परीक्षणसम्म पनि नगराईएकाले जोखिम बढेको एम्बुलेन्स चालकहरु बताउँछन् । एम्बुलेन्स चालक नबिन श्रेष्ठ भन्छन्–‘यस्तो संकटको बेला सेवामा दिनरात खटिईरहेका छौ । जोखिम मोलेर सेवा दिईरहदा प्रोत्साहन गर्नुको सट्टा उल्टो निरुत्साहन गर्ने काम भईरहेको छ ।’

धनकुटा बजारमा ९ वटासहित जिल्लाभर करिव १७ वटा एम्बुलेन्स सञ्चालनमा छन् । अधिकांस चालकहरुले कोरोना परीक्षण नभएको र स्तरीय पीपीई नपाउँदा जोखिम मोलेर सेवामा खटिनुपरेको गुनासो गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!