- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

इलाम । बाबुको हत्या गरेर फरार भएकी ईलामको देउमाइ–६ शान्तीडाँडाकी २५ बर्षीया शुष्मा राईलाई प्रहरीले पक्राउ गरेको छ । बादबिबादका क्रममा शुष्माले गएराती करिव ११ बजे आफ्नै बाबु ५१ बर्षीय फुलबहादुर राईलाई टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेकी थिईन् ।

बाबुको हत्या गरेर जंगलमा गई लुकिरहेको अवस्थामा आज प्रहरीले उनलाई पक्राउ गरेको हो । आफन्तले घटनाको जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । हत्यामा प्र्रयोग भएको बन्चरो पनि घटनास्थलबाट बरामद भएको छ ।

Advertisement

बाबुको हत्या गर्ने शुष्मालाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!