- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा बुधबार भेटिएका ७ औं कोरोना संक्रमित प्रहरी जवान भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३४ बर्षीय प्रहरी जवान पुरुषमा संक्रमण पुष्टि भएको हो ।

Advertisement

धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बुधबार गरिएको परीक्षणका क्रममा उनमा संक्रमण भेटिएको हो । योसँगै धनकुटामा दुई जना प्रहरीमा कोरोना संक्रमण पत्ता लागेको छ ।

मंगलबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका पाँच जना मध्ये एक जना प्रहरी हवल्दार हुन् ।

धनकुटामा हालसम्म ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये चार जना स्वास्थ्यकर्मी, एक जना स्वास्थ्यकर्मीका परिवारका सदस्य र दुई जना प्रहरी संक्रमित भएका हुन् । डिउटीमा खटिदै आएका प्रहरी र स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!