सुनसरी । मंगलबार बिहान सुनसरी जिल्लाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा दुई पुरुषमा संक्रमण भेटिएको हो ।

परीक्षणका क्रममा सुनसरीको ईटहरी उपमहानगरपालिका–२ का १८ बर्षीय पुरुष र सनसरीको भारतीय सिमावर्ती क्षेत्रमा कार्यरत एक सशस्त्र प्रहरी जवानमा संक्रमण फेला परेको स्रोतले जनाएको छ । यसअघि सोमबार पनि सुनसरीका एक जनामा संक्रमण देखिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!