- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा बजार क्षेत्रमा गरिएको सिल खुल्ला गर्ने निर्णय भएको छ । शुक्रबार बसेको संकट व्यवस्थापन समितिको बैठकले बजार क्षेत्रमा सिल खुल्ला गर्ने निर्णय गरेको हो ।

Advertisement

यता, जिल्ला अस्पतालमा भने सिल यथावत राखिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले संगालोखबरलाई जानकारी दिए । उनले भने–‘सिल गरिएको क्षेत्रमा ९८ प्रतिशत औषधि पसल परेपछि औषधि किन्न नपाएको गुनासो आयो । प्रदेशका स्वास्थ्य बिज्ञहरुले पनि बजार क्षेत्रको सिल खोल्न मिल्ने सुझाव दिएकाले सिल खोल्ने निर्णय गरेका हौं ।’

धनकुटामा पहिलो पटक गत आईतबार ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा कोरोनाको संक्रमण पुष्टि भएपछि सोमबार बिहानबाट जिल्ला अस्पतालसहित सब्जीलाईन, बसपार्क, जिरोपोईन्ट, परिचयमोड, यलम्बर चौक, फिल्म हल र त्रिवेणी चौक क्षेत्र भित्र सिल गरिएको थियो । सिल गरिएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी आवतजावत पूर्ण रुपमा ठप्प बनाईएको थियो । तर, सिल गरिएको पाँच दिनपछि सिल खोल्ने निर्णय भएको होे । यता, सरकारले गरेको लकडाउन र जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा कायमै रहनेछ ।

धनकुटा अस्पताल केहि दिन भित्र सुचारु गरिने

बजार क्षेत्रमा सिल खुल्ला भएपनि जिल्ला अस्पतालको सिल तत्काललाई कायम नै राखिने भएको छ । जिल्ला अस्पताललाई निर्मलीकरण गरेर मात्र सिल खोलिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले बताए ।

अस्पताललाई निर्मलीकरण गरेर केहि दिन भित्र अस्पतालको सेवा पनि सूचारु गर्ने तयारी गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!